काठमाण्डौ, १० भदौ । नेपाल पत्रकार महासंघको कल्याणकारी कोषलाई आगामी ३ वर्षमा ५ करोड पु¥याउने संकल्प गरिएको छ ।
महासंघको २५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहणपछिको पहिलो बैठक शुक्रबार केन्द्रीय कार्यालय सञ्चारग्राममा महासंघका नव निर्वाचित अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकले राज्यद्वारा जनतामा जनहितका लागि प्रवाह गर्ने सूचना, सन्देशहरू प्रसारण गरेबापत उपलब्ध हुँदै आएको ‘लोककल्याणकारी विज्ञापन’ सबै प्रकारका सञ्चारमाध्यममा उपलब्ध गराउनुका साथै समानुपातिक विज्ञापन नीति लागू नभएसम्मका लागि लोककल्याणकारी विज्ञापन रकम वृद्धि गरी मिडियाको बहुलता र विविधतालाई सम्मान गर्नेतर्फ सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।
महासंघको नवनिर्वाचित कार्यसमिति श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि पहलकदमी लिने संकल्प गर्दे बैठकले श्रमजीवी पत्रकारहरूलाई तत्काल नियुक्तिपत्र, न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुका साथै श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको माग समेत गरेको छ ।
बैठकले संविधान कार्यान्वयनका लागि देशका सबै राजनीतिक दलहरूलाई एकतावद्ध भएर अघि बढ्न आहृवान गर्दे लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक हितको पक्षमा विगतदेखि महासंघको अग्रसरलाई थप निरन्तरता दिने संकल्प पनि गरेको छ ।
बैठकले महासंघको २५औं महाधिवेशन सफल पार्न भूमिका खेल्नुहुने सबै महानुभावहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै महाधिवेशनमा सहभागी भई नीति, कार्यक्रम र विभिन्न प्रस्तावका साथै नयाँ नेतृत्व निर्वाचित गर्ने प्रक्रियामा समेत सामेल हुनु भएका सबै सभासद्हरू, अघिल्लो कार्यसमिति र निर्वाचन समितिप्रति आभार समेत प्रकट गरेको छ ।
महासंघको आगामी केन्द्रीय समितिको बैठकबाट विस्तृत कार्ययोजना तयार पारी अगाडि बढ्ने निर्णय गर्दे बैठकले विगतमा कर्तव्यपालनका सिलसिलामा मारिएका सम्पूर्ण पत्रकारहरूप्रति उच्च सम्मान र हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै पत्रकारको हत्यामा संलग्नमाथि कारबाही गरी दण्डहीनताको अन्त्य गर्न माग गरेको महासचिव रमेश विष्टदारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ ।
Comments
Post a Comment