Skip to main content
बबई तथा कर्णाली नदीमा पानीको बहाव घट्दै, सजगता भने अपनाउनु पर्ने
पी सी एनबर्दिया,२० साउन । बिहीबार देखि परेको अविरल वर्षाले ववई तथा कर्णाली नदीमा पानीको वहाव वढेकामा शुक्रबार दिउसोबाट पानीको बहाव घटिरहेको छ । दुबै नदीको माथिल्लो तटीय क्षेत्रमा कम बर्षा भएकाले पानीको बहाव घटेको हो । शुक्रबार दिउसोको विवरण अनुसार चेपांगमा बबई नदीको पानीको सतह ४दशमलव ४६ मीटर र चिसापानीमा पानीको सतह ८ दशमलव ९६ पुगेको छ । चेपांगमा बबई नदीको पानीको सतह ६दशमलव १ मिटर र चिसापानीमा कर्णाली नदीको पानीको सतह १०दशमलव ८ मीटर पुगेमा खतराको तह मानिन्छ ।अविरल बर्षा र ओरहीखोलामा पानीको बहाव बढेकाले ठाकुरबाबा नगरपालिका वडा नं ७ मोहनपुरमा ८ घर डुबानमा परेको छ । अन्य स्थानमा भने कुनै मानवीय तथा धनजनको क्षति नभएको जिल्ला प्रकोप उद्धार समितिका संयोजक एंव प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले बताउनु भयो ।जल तथा मौसम बिभागले बर्दियामा भोलीसम्म बर्षा हुने पुर्वानुमान गर्दे नदी छेउका बासिन्दालाई सजगता अपनाउन आग्रह गरेको छ ।जिल्ला दैविप्रकोप उद्धार समितिले नदी वरपरको समुदायलाई सचेत रहन अनुरोध गरेको छ । निरन्तर वर्दिया जिल्लामापानी परिरहेको साथै ववई र कर्णालीनदिको माथील्लो क्षेत्रमा समेत निरन्तर वर्षा भइरहेकोले नदी नजिकको होचो सतहमा रहेको वस्ती, त्यसैगरि जोखीम पहिचान गरिएको वासीन्दालाई अग्लो स्थानमा गई वस्न र निरन्तर सर्तकता अपनाउन आग्रह गरेको छ ।समितिले जन प्रतिनिधि, राजनितिकदल, सुरक्षानिकाय, रेडक्रस, स्थानिय विपद् व्यवस्थापन समिति,संचारकर्मी लगायत सवैलाई वाढीका कारण हुनसक्ने सम्भावित जनधनको क्षति न्युनिकरण गर्ने कार्यमा सहयोगको निमित्त हार्दिक अपिल समेत गरेको छ ।वाढी सम्वन्धि थप सुचना प्राप्त गर्न जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रको टेलिफोन नम्वर ०८४४२०९९९ र जल तथा मौसम विज्ञानविभाग,वाढी पुर्वानुमान शाखाको ११५५ मा सम्पर्क गर्न समेत अनुरोध समेत गरेको सुचना ब्यवस्थापन अधिकृत रुपन ज्ञवालीले पी सी एनलाई बताउनु भयो ।बर्दियाका प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले बबई तथा कर्णाली नदीका बिभिन्न तटीय क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ ।
Comments
Post a Comment