पी सी एन
बर्दिया,१२ भदौ । युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार के सीले जति पैसा लागे पनि गुलरियाको तुलापुरमा बर्दियाको नमुना कर्भड हल निर्माण गर्ने बताएका छन्।
गुलरिया नगरपालिका वडा नं. ४ मा रहेको तुलापुरस्थित खेलकुद मैदानको स्थलगत निरीक्षण गर्दे मन्त्री के सी ले १० १५ २० करोड जति लागेपनि सरकारले तुलापुरमा नमुना कर्भड हल बनाई छाडने बताए ।
राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा बर्दियाका खेलाडिहरुले खेलकुद क्षेत्रमा पुरयाएको योगदानको प्रशंसा गर्दै उनले बर्दियाको खेलकुद विकासका लागि कर्बड हल निर्माणलाई प्राथमिकता दिईने प्रष्ट पारे ।
७ बिगाह क्षेत्रफलमा फैलिएको तुलापुरस्थित खेल मैदानमा बहुउदेश्यीय कर्भड हल तथा बर्दिया जिल्ला खेलकुद विकास समितिको कार्यालय निर्माण लागि डी पी आर प्रतिवेदन तैयारी अन्तिम चरणमा रहेको जानकारी गराउदै मन्त्री के सीले डी पी आर लाई परिमार्जन गरि कर्भड हल निर्माणमा पर्याप्त मात्रामा सरकारले बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
यो बर्ष कर्भड हल निर्माणका लागि २५लाख बजेट बिनियोजन भएकोमा डि पी आर तैयार नभएकाले काम शुरु नभएको प्रष्ट पार्दे मन्त्री के सीले डी पी आर तैयार पारि कर्भड हल निर्माणमा चार पांच करोड बजेट उपलब्ध गराई आगामी बर्षदेखि राष्टिय खेलकुद परिषद् मार्फत कभर्ड हल निर्माण शुरु गरिने प्रष्ट पारे ।
जिल्ला खेलकुद विकास समिति बर्दियाका अध्यक्ष खगेन्द्र खनालले बर्दियाको खेलकुद विकासमा जिल्ला खेलकुद विकास समितिले संचालन गरेको गतिविधिको बारेमा मन्त्री के सीलाई अवगत गराएका थिए।
जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले आफुहरुले बहुउदेश्यीय कर्भड हल र कार्यालय भवन निर्माण गर्ने आफुहरु सपना नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय र राष्टिय खेलकुद परिषद्ले पुरा गरिदिन लगेकोमा धन्यवाद दिदै बर्दियामा अब खेलकुद गतिविधी संचालन गर्न कर्मचारीहरुमा थप हौसला बढने विश्वास ब्यतm गरे ।
यस अघि मन्त्री के सी नेपाली कांग्रेस जिल्ला कार्यालय गुलरियामा गई जिल्लास्थित नेता तथा कार्यकर्ताहरुसंग भेटघाट गरि बर्दियामा युवा तथा खेलकुद मन्त्रालय मार्फत विशेष युवा लक्षित कार्यक्रमहरुका लागि बजेटहरु बिनियोजन गरिएकोले त्यस बारे चासो राख्न नेता कार्यकर्ताहरुलाई अनुरोध गर्नुभयो ।
Comments
Post a Comment