बबई नदी खतराको तह भन्दा माथि ,सजकता अपनाउन आग्रह

पी सी एनबर्दिया,२०साउन । बबई नदिको चेपांग र भादामा नदीको पानीको सतह खतराभन्दा माथि नाघेको छ। जल तथा मौसम बिभागको बिहान ५ बजेर ३० मिनेट जादाको विवरण अनुसार चेपांगमा अहिले पानीको सतह ६दशमलव १० र भादामा ८ पुगेको छ । चेपांगमा ५दशमलव ५० र भादामा ७ लाई खतराको तह मानिन्छ । पानीको वहावले खतराको तह नाघे नदी किनाराका बासिन्दालाई सर्तकर्ता अपनाउन सूचना जारि गरिएको जिल्ला आपताकालिन केन्द्र सुचना ब्यवस्थापन अधिकृत रपन ज्ञवालीले पी सी एनलाई बताउनु भयो ।बुधबार राती देखि परेको लगातारको झरी नरोकिए बबई नदीमा पानीको सतह अझ बढि नदी किनारका बस्तीहरु डुबानमा पर्न सक्ने र केही स्थानमा नदी पस्न सक्ने संभावना रहेकोले बबई नदी आसपासमा बस्नेहरुलाई सजकता अपनाउन अनुरोध गरिएको अधिकृत ज्ञवालीले बताउनु भयो । उंहाले संभावित जोखिम आउन सक्ने स्थानहरुमा जनशक्ती र स्रोतसाधन तैयारी अवस्थामा राखिएको समेत जानकारी दिनुभयो।

Comments