बिमलेन्द्र निधि पार्टीको कार्यबाहक सभापति , चार जना केन्द्रीय सदस्यमा नियुक्त

पी सी एन

काठमाण्डौ, ७ भदौ  । प्रधानन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बिमलेन्द्र निधिलाई पार्टीको कार्यबाहक सभापति बनाएर भारत भ्रमणमा गएका छन् ।
भारत भ्रमण जानु अघि प्रधानमन्त्री देउवाले आफ्ना विस्वासपात्र निधिलाई आफ्नो अनुपस्थितीमा कार्यबहाक सभापतिको हैसियतले काम गर्न गराउन सबै अधिकार दिएका हुन्।
पार्टी सभापति समेत रहेका देउवाले चार जनालाई केन्द्रीय सदस्यमा नियुक्त पनि गरेका छन् नियुक्त हुनेमा मोरङका अमृत अर्याल, पाल्पाका हरिप्रसाद नेपाल, काठमाडौंका ध्यानगोविन्द रञ्जित र बाराका राधेचन्द्र यादव रहेको कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलले खरीबोटलाई बताए ।
त्यसैगरी प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले पार्टी विधान अनुसार केन्द्रीय सदस्य रमेश रिजाललाई अनुशासन समितिको संयोजक नियुक्त गर्दै सदस्यहरुमा सुरेन्द्र पाण्डे, हृदयराम थानी, कमला पन्त र उमाकान्त चौधरीलाई समितिको सदस्यमा नियुक्त गरेका छन् ।

Comments