पी सी एन
काठमाडौँ, २० साउन । बिहीबारको मन्त्रिपरिषद्को बैठकले रिक्त रहेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पदमा दुई पटक आयोगका सदस्य हुनु भएका डा. स्वर्णिम वाग्लेलाई नियुक्त गरेको छ । केही दिनअघि डा. मीनबहादुर श्रेष्ठले राजीनामा दिएपछि रिक्त रहेको सो पदमा वाग्लेलाई नियुक्त गरिएको हो ।
सार्वजनिक वित्त, अन्तराष्ट्रिय व्यापार, लगानी र प्रतिस्पर्धात्मक क्षमताका विज्ञ वाग्ले सुशील कोइराला नेतृत्वको सरकारमा पनि योजना आयोगका सदस्य हुनुहुन्थ्यो ।
विश्व बैंकको वरिष्ठ अर्थशास्त्रीको जागिर छाडेर केही वर्षअघि नेपाल फर्केका वाग्लेले अष्ट्रेलियन नेशनल विश्वविद्यालयबाट पिएचडी र हावर्ड ,लण्डन स्कुल अफ इकोनोमिक्स लगायतका विश्वविद्यालयमा अध्ययन गरेका थिए ।
वाग्लेले आफनो नियुक्ति आफैंमा एउटा परिवर्तनको सुरुआत भएको बताउदै यसले आर्थिक विकासको नेतृत्व गर्न सक्ने युवालाई आयोग हाँक्न दिनुपर्छ भन्ने सकारात्मक सोचको विकास राजनीतिक नेतृत्वमा आएको अनुभुति भएको प्रष्टयाउनु भयो ।
Comments
Post a Comment