कंग्रेस नेता एंव सिचाईमन्त्री गौतमलाई स्वागत र ज्ञापन पत्र संगसगै

पी सी एन
बर्दिया,२६ साउन । पश्चिम क्षेत्रका स्थानीय तथा राष्टिय गौरवको आयोजना निरीक्षणका कैलाली र बर्दिया आईपुग्नु भएका सिचाईमन्त्री एंव नेपाली कांग्रेस बर्दियाका सभापति सञ्जयकुमार गौतमलाई बिभिन्न तह र तप्काकाबाट स्वागत गरिएको छ ।
मन्त्री तथा कंग्रेस नेता गौतमलाई राजापुर नगरवासीका तर्फबाट  राजापुर नगरपालिकाका मेयर शिवप्रसाद चौधरी ,उपमेयर मनकला चौधरी र कार्यकारी अधिकृत चिरञ्जिवी गिरीले स्वागत गर्नुभएको हो । 
स्वागत पछि नगरप्रमुखको कार्यकक्षमा नगरप्रमुख चौधरीले सिचाईमन्त्री गौतमे सतmीघाटको पुलको पुर्वी किनारमा हालको भन्दा चौडा र लामो पक्की तटबन्ध निर्माण गर्नुपर्ने, राजापुर क्षेत्रका किसानहरुको सिचाईको स्रोतको रुपमा रहेको बुढी खोलामा बढिरहेको बालुवाकरण रोक्न विशेष संरचना बनाउनु पर्ने र कर्णाली,गेरुवा तथा बुढीखोलामा आउने बाढीका कारण कटान तथा डुबान हुने क्षेत्रमा नदी कटान नियन्त्रण हुनुपर्ने मांग सहितको ज्ञापन पत्र बुझाउनु भयो  ।
बर्दिया उधोग बाणिज्य संघका तर्फबाट पनि मन्त्री गौतमलाई स्वागत गर्दे ज्ञापन पत्र बुझाईएको छ । मन्त्री गौतमलाई नाप नक्सा तथा कितmा काट भईसकेको राजापुर बजारका बासिन्दाहरुलाई तत्काल जग्गा धनी प्रमाण पत्र उपलब्ध गराउन भुमिसुधार मन्त्रालयमा पहल गरिदिनु पर्ने मांग सहित बर्दिया उद्योग बाणिज्य संघका अध्यक्ष चन्दे्रश्वर सुबेदी ,उपाध्यक्ष गोविन्द रिजाल र सदस्य मोहन झा सहितको टोलीलले स्वागत गर्दे ज्ञापन पत्र बुझाएको हो ।
मन्त्री गौतमलाई  ढोढरीको खातामा पनि स्वागत गर्दे ज्ञापन पत्र बुझाईएको छ । मन्त्री गौतमलाई नेपाली कांग्रेसका जिल्ला सदस्य सुरेशराज योगी,ढोढरी गाउसमितिका सभापति बलिराम थारु,सुर्यपटुवा कांग्रेसका युवा नेता मिनु थापा लगायतले नेता तथा कार्यकर्ताहरुले स्वागत गर्दै ज्ञापन पत्र बुझाएका हुन । ज्ञापन पत्रमा ओराई नदीको पथ्थर बोझीमा पक्की पुल ,ओराई नदीका बिभिन्न स्थानमा तटबन्ध  लगायतका मांग राखेका थिए ।
नेपाली कांग्रेस क्षेत्र नं ४ का तर्फबाट क्षेत्रीय सभापति दिपकजंग शाह सहितका नेता तथा कार्यकर्ताहरुले सतmीघाटमा सिचाईमन्त्री एंव बर्दिया कांग्रेसका सभापति सञ्जयकुमार गौतमको भव्य स्वागत गरेका थिए । मन्त्री र्गौतमलाई ने वि संघका स्थानीय युवा बिद्यार्थीहरुले स्र्कर्टिग गरि राजापुर पार्टी कार्यालयमा पुरयाएका थिए।   मन्त्री गौतमको स्वागतमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं ४का सभापति दिपकजंग शाहले कर्णाली नदी नियन्त्रण आयोजनामा थप बजेट बिनीयोजन गर्न , बुढीखोलालाई पनि कर्णाली नदी नियन्यण आयोजना भित्र सामेल गर्नुपर्ने मांग अघि सार्नुभएको छ । 


Comments