बर्दिया जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसबाट सुधांशुको तथा एमाले र माओवादीको सयुक्त प्यानलबाट शंकरको उम्मेदवारी दर्ता

पी सी एन
बर्दिया,२६साउन । जिल्ला समन्वय समिति बर्दियाको साउन २९ गते आईतवार हुने निर्वाचनको लागि आज बिहीबार १८जनाको उम्मेदवारी दर्ता भएको छ । ९ सदस्यीय समन्वय समितिमा एमाले तथा माओवादीले सयुक्त प्यानल बनाएर र कंग्रसले एक्लै उम्मेदवारी दर्ता गराएको छ । 
जिल्ला समितिका लागि एमाले  र माओवादीले समीकरण गरि संयुक्त रुपमा र नेपाली कांग्रेसले एकल रुपमा उम्मेदवारी दिएको छ । समीकरण गरेकाले ९ पद मध्ये माओवादीले प्रमुख सहित ५पदमा र एमालेले उपप्रमुख सहित ४ पदमा तथा नेपाली कांग्रेसले ९ वटै पदमा उम्मेदवारी दिएको सहायक निर्वाचन अधिकृत ईन्द्रबहादुर कार्कीले बताउनु भयो । 
जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका तर्फबाट गुलरिया ६का ३६ बर्षीय सुधांशुप्रकाश शर्माले तथा एमाले र माओवादीको संयुक्त समीकरणबाट बढैया ताल गाउपालिका वडा नम्बर ६का माओवादी केन्द्रका ४१ बर्षीय शंकरप्रसाद थारुले  उम्मेदवारी दर्ता गराउनु भएको छ ।
उपप्रमुखमा नेपाली कांग्रेसका तर्फबाट राजापुर ९का  ४२ बर्षीय रविन्द्र मल्लले तथा एमाले र माओवादीको संयुक्त प्यानलबाट बारबर्दिया नगरपालिकाका वडा  नम्बर ९का ६० बर्षीय मानबहादुर बिष्टले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
सदस्यहरुमा नेपाली कांग्रेसबाट गेरुवा ४का मायाराम खनाल,गुलरिया ५का युवराज श्रेष्ठ,ठाकुरबाबा ७का कलमबहादुर बिष्टले उम्मेदवारी दिनु भएको छ । नेकपा एमालेबाट गुलरिया १का रामसुमेरन यादव, माओवादीबाट गुलरिया ९का सुर्यबहादुर सुनार र बासगढी ४का काशीराम अधिकारीले उम्मेदवारी दिनु भएको छ । 
महिला सदस्यमा नेपाली कांग्रेसबाट मधुवन ५का मिना वली,गुलरिया ५का कालिदेवी थरुनी र गुलरिया ६का रेखा भुषाल राईनले र एमालेबाट ठाकुरबाबा ५का शान्ति चौधरी तथा माओवादीबाट राजापुर ५की शान्ति चौधरी , बार बर्दिया ५की कल्पना चौधरीले उम्मेदवारी  दिनु भएको छ । 
दलित वा अल्पसंख्यक सदस्यमा नेपाली कांग्रेसबाट गुलरिया ६का उर्मीला ताम्राकार  तथा माओवादी र एमालेको समीकरणबाट बढैयाताल १ बस्ने एमालेका धनबहादुर सुनारले उम्मेदवारी दिनु भएको छ। 
९ सदस्यीय जिल्ला समन्वय समिति एक प्रमुख, एक उपप्रमुख ,तीन महिला सदस्य ,तीन खुला सदस्य र एक दलित वा अल्पसंख्यक सदस्य रहने संवैधानिक प्रावधान छ । 
गाउँपालिका, उपमहानगरपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखलाई मात्र भोटिङ अधिकार रहेको जिल्ला समन्वय समितिको निर्वाचनमा बर्दियामा १६ भोट रहेका छन । ३ तह जितेको एमालेको ५  जना, ३ तह जितेको माओवादी केन्द्रको ७  जना र २ तह जितेको नेपाली कांग्रेसको ४ जना मतदाता रहेका छन् । जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकाहरुको प्रस्तावकमा गुलरिया नगपालिकाको मेयर मुक्तीनाथ यादव र सर्मथकमा उपमेयर सुशीला गिरी र एमालेका तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरुको प्रस्तावकमा लालबहादुर श्रेष्ठ र समर्थकमा शालिकराम अधिकारी तथा माओवादी केन्द्रका उम्मेदवारहरुको प्रस्तावकमा दुर्गाबहादुर थारु  समर्थकमा अञ्जु दहित रहनु भएको छ ।

Comments