दुई कर्मचारी अख्तियारद्धारा घूससहित रङ्गेहात पक्राउ

पी सी एन
काभ्रे,२० साउन।  बिहीबार घरेलु तथा साना उद्योग कार्यालय धुलिखेलमा कार्यरत दुई कर्मचारीहरु घूससहित रङ्गेहात पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी नविनराज राईका अनुसार घरेलु कार्यालयका सहयोगी हरी सेवुदी र माधव कुईकेललाई सेवाग्राहीसंग १४ हजार घुस लिदाँलिदैँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो।
भुम्लु गाउपालिका ९ स्थित नारी समूह पोल्ट्री फर्म दर्ताका लागि सेवाग्राही पटक  पटक कार्यालयमा आएपनि विभिन्नि झमेला देखाई सेवाग्राहीसँग रकम मागेर काम नगरेको उजुरीका आधारमा उनीहरुलाई रंगेहात अख्तियारले पक्राउ गरेको हो।अख्तियारले घरेलु उद्योगका अरु कागजातहरु पनि अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ।  
जिल्लामा आर्थिक कारोबार हुने नापी कार्यालय, मालपोत कार्यालय घरेलु तथा साना उद्योग कार्यालयमा कर्मचारीले सेवाग्राहीलाई विभिन्न बाहानामा दुख दिई विचौलीयाबाट रकम अशुल्ने गरेको उपभोक्ताको गुनासो छ।


Comments