Skip to main content
गुलरियामा पहिलोपटक जिल्ला स्तरीय तीजगीत प्रतियोगिता सम्पन्न
मुरली गोडिया बबई एफ एम
बर्दिया,७ भदौ । नेपाली संस्कृतिको जर्गेना, स्थानीय सांस्कृतिक प्रतिभाको विकास ,श्रोता तथा दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्ने उदेश्यले हरितालिका तीजको अवसरमा सदरमुकाम गुलरियामा आयोजना गरिएको जिल्लास्तरीय तीजगीत प्रतियोगितामा उपकार आमा समुह सिमरा प्रथम भएको छ ।
सामुदायिक सञ्चार केन्द्रद्वारा सञ्चालित रेडियो बबई १०६ मेगाहर्जले आयोजना गरेको प्रतियोगितामा संगम महिला सहकारी संस्था गुलरिया द्वितीय, सितलाबजार दिदिबहिनी बचत समुह तृतीय बनेका छन् । प्रतियोगितामा गुँरास मा वि सानोश्रीले सान्त्वना स्थान हासिल गरेको छ ।
प्रतियोगितामा विजयी समुहलाई बर्दिया सामुदायिक संचार केन्दका अध्यक्ष तथा रेडियो बबई १०६ मेगाहर्जका प्रबन्ध निर्देशक इन्द्र कुमार श्रेष्ठले प्रथम हुनेलाई १५ हजार, दिृतीयलाई १० हजार, तृतीयलाई ५ हजार र सान्त्वना स्थान हासिल गर्नेलाई २ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नु भयो ।
जिल्लास्थित क्लब, आमा समुह, संघसंगठनका गरि ८ वटा समुहहरुको सहभागिता रहेको प्रतियोगिताको गुलरिया नगरपालिकाका उपप्रमुख शुशिला गिरीले उद्घाटन गर्नु भएको थियो ।
प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गायक कलाकार नबिन पौडेल, कमल बिसी माल्दाई र रेश्मी विश्वकर्माले आ आफ्नो गीत प्रस्तुत गरि दर्शकहरुलाई थप मनोरञ्जन प्रदान गर्नुभएको थियो।
एकराज पौडेल, बिष्णु थापा र लिला दर्लामी मगर निर्णायक रहनु भएको प्रतियोगितालाई रेडियो बबई एफ.एम. र जिल्लास्थित अन्य एफ.एम. र गुलरियाको आर्दश सिटी केबुलबाट प्रत्यक्ष प्रसारण समतेको व्यवस्था मिलाईएको थियो ।
Comments
Post a Comment