बबई नदीको चेपांगमा पानीको तह घटी पानीको तह सामान्य बन्दै


पी सी एन
बर्दिया,२८ साउन । बबई नदीको चेपांगमा  पानीको सतह  घटदै खतराको तह भन्दा तल आईपुगेको छ । जल तथा मौसम बिभागको शनिवार १०बजेको रेकर्ड अनुसार चेपांगमा पानीको तह घट्दो छ भने भादामा बढ्दो छ । शनिवार मध्यान्ह चेपागंमा शनिवार बिहान पानीको सतह ७ दशमलव ५९मीटर पुगेकोमा अहिले राती ९ बजेर ३० मिनेटको गणनामा पानीको सतह ५ दशमलव ९४ मीटर  मात्र छ । यो बिहानको रकर्ड भन्दा धेरै कम हो ।  त्यहा ६दशमलव १०मीटरलाई खतराको तह मानिन्छ । 
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले अझै पानी पर्ने र नदी जलाधारक्षेत्रमा पानीको सतह बढ्ने भएकाले सतर्क रहन सबैलाई सचेत गराएको छ । जिल्ला आपतकालीन सञ्चालन सूचना अधिकृत रुपन ज्ञवालीका अनुसार दाङमा भारी वर्षा भएकोले कुनै पनि बेला बर्दीयामा बाढी आउन सक्ने उच्च जोखिम रहेको छ । 
स्मरण रहोस् २०७१ साल साउन ३०  आएको भीषण बाढीले बर्दियामा ३२ जनाले ज्यान गुमाएका थिए भने  ९० हजार बासिन्दा प्रभावित भएका थिए झन्डै ३ अर्बको भौतिक क्षति समेत भएको थियो । 

Comments