बर्दियामा जिल्ला खानेपानी कार्यालयद्वारा बाढीप्रभावित क्षेत्रमा पानी शुद्धीकरण अभियान जारि


पी सी एन
बर्दिया,१२ भदौ । युनिसेफ नेपाल र अन्य संघसंस्थाहरुको सहयोगमा जिल्ला खानेपानी तथा सरसफाई सब डिभीजन कार्यालयले गुलरिया र बार बर्दिया नगरका बाढीप्रभावित टोल तथा बस्तीहरुमा खानेपानी शुद्धीकरणका लागि सचेतना र औषधी बितरण अभियान संगसगै संचालन गरिरहेको छ । 
बाढी प्रभावित क्षेत्रमा  पानीबाट देखिएका प्रभावहरु न्युनीकरण गर्न महिला स्वास्थ्य स्वयमसेवीका र कार्यालयका कर्मचारीहरु मार्फत पानी शुद्धीकरण तथा स्यालोटयुब डिस्ईन्फेक्शन कार्य जारि राखिएको जिल्ला खानपानी तथा सरसफाई कार्यालय गुलरियाका प्रमुख दिलीपकुमारले बताए । उनले एक हप्ताभित्र जिल्लाका बाढीप्रभावित सबै गाउ तथा टोलहरुमा पानी शुद्धीकरण अभियान पुगि कार्य सम्पन्न गरिसक्ने विश्वास समेत लिएका छन्। 
एक्वा टेबलेट तथा  पियुसको प्रयोगबारे स्वयमसेवीका मार्फत र स्यालो टयुब डिस्ईन्फेक्सनका लागि बिलेचिंग पाउडर छर्ने तरिकाबारे कार्यालयका कर्मचारीहरु मार्फत पानी शुद्धीकरण बिधीबारे सचेतना अभियान द्रुत गतिमा अघि बढेको छ । 
कार्यालयले युनिसेफको सहयोगमा बार बर्दिया र गुलरिया नगरपालिकाका ८०जना स्वयमसेवीकाहरुलाई पानी शुद्धीकरण सम्बन्धि तालिम दिएर ४हजार पियुस बोतल समेत दिई प्रभावित क्षेत्रहरुमा उनीहरुलाई परिचालन गरेको छ । स्वयमसेवीकाहरुले सचेतना कार्यक्रम गरि पानी शुद्धीकरण गर्ने औषधी समेत बितरण गर्दे आईरहेका छन् ।  स्वयमसेवीकाहरुले आ आफनो टोल छिमेकमा गई ब्रिफंग गर्ने भएकाले पानी शुद्धीकरण सम्बन्धि सन्देश समुदायमा सजिलैसंग प्रवाह भईरहेको जिल्लास्वास्थ्य प्रमुख महेन्द्रध्वज अधिकारीले बताए ।  
यस्तै बाढी प्रभावित क्षेत्रका स्यालो टयुबवेलहरुलाई शुद्धिकरण गर्न जिल्ला खानेपानी कार्यालयका १२जना कर्मचारीहरु फिल्डमा खटिएका छन् ।  उनीहरुले टोल तथा बस्तीहरुमा गएर मास रुपमा बिलेचिंग पाउडर प्रयोग गरेर बाढीबाट संक्रमित टुयुबलाई शुद्धिकरण गरि कसरी शुद्ध पानी पिउने सिकाईरहेका पनि छन् । साथै टयुबवले डिस्ईन्फेक्सन गर्ने बिलचिंग पाउडर पनि मासको हिसाबले बितरण गरिरहेको जिल्ला खानेपानी तथा सरसफाई सब डिभीजन कार्यालय गुलरियाका प्रमुख दिलीप कुमारले बताए । 


Comments