बाढीप्रभावितहरुलाई सरकारबाट पुरापुरा सहयोग हुने प्रधानमन्त्री एंव कंग्रेस सभापति देउवाको प्रतिबद्धता

पी सी एन 


बर्दिया, १ भदौ। प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढीप्रभावितहरुलाई सरकारबाट पुरापुरा सहयोग हुने बताउनु भएको छ । बाढीले सर्वसाधरणमा पुराएको असर र उद्धार तथा राहतमा भए गरेका प्रयास बारे बुझन सिचाईमन्त्री एंव बर्दिया कांग्रेसका सभापति संजयकुमार गौतम र प्रधानसेनापति राजेन्द्र क्षेत्रीका साथ आउनु भएका प्रधानमन्त्री एंव कंग्रेस सभापति शेरबहादुर देउवाले गुलरियाको कोठियागाउ बाईपास गोलपार्कमा  सम्बोधन गर्दे सरकारले बाढीबाट ज्यान गुमाएका  मृतकका परिवारलाई जनही २लाखका दरले रकम दिने बताउदै बाढीका कारण घाईते, अपांग भएकाहरुलाई पनि उपचारका लागि उचित रकम दिने प्रष्ट पार्नुभयो ।प्रधानमन्त्री देउवाले बाढीबाट प्रभावितहरुको उद्धार तथा पुर्नस्थापना गर्न सरकार लागि परेको बताउदै बाढीका कारण क्षति पुगेका घर मर्मत र निर्माणका लागि पनि उचित रकम दिने प्रतिबद्धता ब्यक्त गर्दे भन्नुभयो ः जसको घर  भत्केको छ त्यसलाई पनि हामी पैसा दिनेछौ  । घर मर्मतका लागि हामी २० ÷२५ हजार दिदैछौ । पुरै भत्केको लागि हामी घर बनाएर दिनेछौ । दैवले ल्याएकोे दैविक विपतmीमा हामी सबै धैर्यधारण गरेर अगाडि बढनु पर्ने धारणा राख्दै प्रधानमन्त्री देउवाले सरकारले दैवि विपतिmबाट मुक्तीका लागि पुरा पुरा प्रयास गर्ने बचन दिनु भयो ।
बाढीबाट बिस्थापितहरुको तत्काल बसोबासको सेल्टरको लागि सरकारले  त्रिपाल सबैलाई बितरण गर्ने जानकारी दिदै प्रधानमन्त्रीले बाढी प्रभावित हुन नदिन स्वास्थ्य मन्त्रालय मार्फत औषधी स्वास्थ्य जांच तथा औषधी बितरण कार्य पनि जारि रहेको जानकारी दिनुभयो ।बबई नदी लगायत अन्य ठाउको तटबन्ध पनि सरकारले पुरा गर्ने विश्वास दिलाउदै प्रधानमन्त्री एंव कंग्रेस सभापति देउवाले बाढीपीडितको उद्धारमा सहयोग पुराउने नेपाली सेना ,सशस्त्र प्रहरी ,नेपाल प्रहरी ,सिडीओ लगायतका  सबै कर्मचारी र सर्वसाधरण दाजु भाई सबैलाई हार्दिक धन्यवाद समेत दिनुभयो ।कार्यक्रममा बाढीबाट पुराएको क्षतिको विवरण प्रस्तुत गर्दे गुलरिया नगरपालिकाका मेयर मुक्तीनाथ यादवले बाढीका कारण कमजोर र असुरक्षित बनेको गुलरियाको भविष्य बचाउने गरि बबई नदी व्यवस्थापन लगायतका विशेष कार्यक्रम सञ्चालन गर्न प्रधानमन्त्री समक्ष मांग गर्नुभयो । सोही कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले गुलरियाका बाढी प्रभावितहरुलाई बितरण गर्ने भनि जिल्ला दैवि प्रकोप उद्धार समिति मार्फत प्राप्त भएको चामल  तथा सुख्खा खानेकुरा लगायतका राहत सामाग्री गुलरिया नगरपालिकाका मेयर मुक्तीनाथ यादव र उपमेयर सुशीला गिरीलाई हस्तान्तरण गर्नुभयो ।प्रधानमन्त्री एंव कांग्रेस सभापति  शेरबहादुर देउवाको स्वागर्ताथ नेपाली कांग्रेसका महासमिति सदस्यहरु बिद्याप्रसाद खनाल, मालती सोडारी,जिल्ला उपसभापति मिश्रीलाल यादव ,सचिव जीवन मल्ल,जिल्ला सदस्यम कमलप्रसाद रेग्मी, क्षेत्र नं ३का सभापति रामचन्द्र थापा,प्रेस युनियनका अध्यक्ष बिनयराज भण्डारी,प्रेस क्लब अफ नेपालका अध्यक्ष यमनाथ घिमिरे लगायतका नेता तथा कार्यकर्ता हेलिप्याड रहेको स्थल कोठियागांउ वाईपास रोड पुग्नु भएको थियो । यस्तै बर्दियाका प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापा,प्रहरी उपरीक्षक भरत बोहरा,स्थानीय विकास अधिकारी तेजराज शर्मा  लगायत पनि प्रधानमन्त्रीको स्वागर्ताथ बिहीबार बिहानैदेखि खटिनु भएको थियो ।प्रधानमन्त्री एंव कांग्रेस सभापति देउवाले बिहीबार नै बांके,बर्दिया र कैलाली जिल्लाका बाढी प्रभावित स्थलहरुको हवाई निरीक्षण समेत गर्नुभएको छ । 


Comments