दीर्घकालिन योजना बनाई लागु गर्न बांके बर्दिया मैत्री समाज जापानको सरकारसंग मांग

 पी सी एन
बर्दिया,४ भदौ । बांके बर्दिया मैत्री समाज जापानले बाढी लगायत प्राकृतिक बिपतmीबाट जनधनको क्षति नहुने बिषयमा दीर्घकालिन योजना तर्जुमा गरि कार्यान्वयन गर्न नेपाल सरकार तथा मातहतका निकायसंग जोडदार मांग गरेको छ ।
समाजका अध्यक्ष जनकविक्रम शाही,महासचिव सुमित गिरी,बर्दिया संयोजक अमृत शर्मा ढकाल,राहत संकलक संयोजकद्धय दिप्ती राजभण्डारी र सुशील मल्लले एक सन्देश प्रकाशित गरि सो मांग गरेका  हुन । 
सन्देशमा बिपतmीमा सन्ताप मात्र गरेर नपुग्ने भएकाले प्राकृतिक बिपतmीबाट जनधनको क्षति नहुने बिषयमा दीर्घकालिन योजना बनाउन नेतृत्व वर्गलाई सुझाव दिएको छ ।
सन्देशमा बाढीका कारण भएको धनजनको क्षति प्रति गहिरो दुख ब्यतm गर्दे बाके बर्दिया मैत्री समाज जापानले तत्कालका लागि बाढीबाट ज्यान गुमाएकाहरुको परिवारलाई भोली भदौ ५गते सोमवारका दिन घरदैलोमै पुगेर राहत सामाग्री  बितरण गर्ने जनाईएको छ । गुलरियामा नगर उपप्रमुख सुशीला गिरीको हातबाट राहत बितरण गरिने छ । 
समाजका बर्दिया महासचिव एंव ने वि संघ क्षेत्र नं २ का अध्यक्ष अमृत शर्मा ढकालको संयोजकत्वमा स्थानीय जनप्रतिनिधि ,प्रशासन,पत्रकार,तथा बुद्धीजीवीको उपस्थितिमा सो सामाग्री बितरण गर्ने कार्यक्रम रहेको छ। 
राहत सामाग्रीमा चामल ,झुल,म्याट,दाल,चार्जींग लाईट,जीवन जल,नुन,डिटोल साुबन र प्रति परिवार नगद रु ५हजार रहेको छ ।
साउन २८ र २९ गते आएको बाढीले बर्दियामा ठाकुरबाबा २का साउनी थारु,ठाकुरबाबा ५का गोविन्द थारु,गुलरिया २का बलबहादुर सिंह र बार बर्दियाका १०का राजेन्द्र थारुको ज्यान गएको जिल्ला दैवि प्रकोप उद्धार समितिको प्रतिवेदनमा उल्लेख छ ।

Comments