अन्तरद्वन्द र ईगो त्याग्न सिचाईमन्त्री एंव बर्दिया कांग्रेसका सभापति सञ्जय गौतमको कार्यकर्तालाई आग्रह

पी सी एन
बांके, २६साउन । सिचाईमन्त्री एंव नेपाली कांग्रेस बर्दियाका सभापति सञ्जयकुमार गौतमले आपसी अन्तरद्वन्द र ईगो नत्यागे कांग्रेसीहरुको भविष्य समाप्त हुन सक्ने बताउदै ईगो र अन्तरद्वन्द त्यागी समग्र कांग्रेस निर्माणमा जुटन कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।
सिचाईमन्त्री बनेपछि पहिलो पटक राजापुर क्षेत्रमा पुग्नु भएका मन्त्री गौतमले नेपाली कांग्रेस क्षेत्र नं ४ ले राजापुरमा आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दे आपसी अन्तरबिरोध कम गर्न नसके समग्र कांग्रेस निर्माण नहुने र त्यसले आगामी निर्वाचनमा पनि असर पुग्न सक्ने बताउदै समग्र कांग्रेसमा नै सबैको भविष्य रहेको जिकीर गर्नुभयो ।
कंग्रेस कार्यकर्ताहरु बीचको आपसी अन्तरबिरोध र ईगोको राजापुर क्षेत्रमा बहुमत वडा जितेर पनि मेयर उपमेयर गुमाउनु परेको प्रष्ट पार्दे कंग्रेस बर्दियाका सभापति समेत रहनु भएका गौतमले ईगो नत्यागे समग्र कांग्रेस निर्माण हुन नसक्ने र त्यसको असर आगामी निर्वाचनमा समेत परि समग्र कांग्रसीहरुको भविष्य नै समाप्त हुन सक्ने बताउनु भयो ।
केही समयपछि हुन लागेको प्रदेश तथा केन्द्र चुनावमा बर्दियामा दुईवटा निर्वाचन क्षेत्र कायम रहने संकेत देखिएको प्रष्ट पार्दै नेता गौतमले कार्यकर्ता र नेताहरु बीच ईगो तथा अन्तरबिरोध हटाएमा  बर्दियामै सबै सिट कांग्रेसले जित्ने दावि गर्नुभयो ।
आफु मन्त्री हुनुमा बर्दियाका जनता र नेपाली कांग्रेसको ठुलो योगदान रहेको धारणा राख्दै उंहाले आफुलाई अधिकतम रुपमा उपयोग गर्न कार्यकर्तालाई सुझाव दिनुभयो । 

आफुुले बर्दियाको माटो,विकास र राजनीति धेरै नजिकबाट बुझेको बताउदै सिचाई मन्त्री गौतमले आफु मन्त्री हुदासम्म राजापुरको कर्णाली नियन्त्रण आयोजना,कैलालीको रानी जमरा सिचाई आयोजना, बबई सिचाई आयोजना र भेरी बबई डाईभर्सन आयोजनाको निर्माण कार्यले उच्च गति लिने बताउनु भयो ।  पश्चिा क्षेत्रमा रहेका राटिय गौरवको आयोजनालाई समयमै सम्पन्न गर्न गराउन आफु लागि परेको प्रष्टयाउदै उहाले सिचाई मन्त्रालयका सचिव,महानिर्देशक,जल उत्पन्नका महानिर्देशक सहितको टोली लिएर आफु आयोजनाहरुको निरीक्षणमा रहेको बताउनु भयो ।
नेपाली कांग्रेस क्षेत्र नं. ४का सभापति दिपकजंग शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस बर्दियाका पुर्व सचिव भोजराज जोशी,ने वि संघका पुर्व केन्द्रिय उपाध्यक्ष दीपक भण्डारी,प्रेस युनियन बर्दियाका अध्यक्ष बिनयराज भण्डारी,प्रेस क्लब अफ नेपालका  केन्द्रिय अध्यक्ष यमनाथ घिमिरे लगायतले राजापुर क्षेत्रमा कर्णाली नदी नियन्त्रण आयोजनामा थप बजेट बिनीयोजन गर्न,बुढीखोलालाई पनि कर्णाली नदी नियन्त्रण आयोजनामा सामेल गर्न र सती घाटको पुलको पुर्वी किनारमा थप पक्की तटबन्ध गर्न सुझाव दिनु भएको थियो ।


Comments