बबईले चेपांगमा खतराको तह पार गरयो ,भादामा पनि पानी खतराको तह नजिक ,सजगता अपनाउन आग्रह

पी सी एन
बर्दिया,२८ साउन । बबई नदीको चेपांगमा  पानीको सतहले खतराको तह पार गरेको छ ।
जल तथा मौसम बिभागको बिहान ६बजेर ३५ मिनेटको रेकर्ड अनुसार बबई नदीको चेपांगमा पानीको तह ६दशमलव ६२ पुगेको छ । त्यहा ६दशमलव मीटरलाई खतराको तह मानिन्छ ।
यस्तै भादामा भने पानी खतराको तह नजिक पुगेको छ । भादामा पानीको तह ७दशमलव १३ मीटर पुगेको छ । भादामा पानीको तह ८ मीटर पुगेमा खतरा मानिन्छ ।
बबई नदीमा पानीको बहाव बढिरहेकोले जल तथा मौसम बिभागले नदी किनारका बासिन्दालाई सजगता अपनाउन आग्रह गरेको छ । 


Comments