पी सी एन्
बर्दिया,६ भदौ । अध्ययन र रोजगारीका लागि जापान पुगेका बांके र बर्दियाका जनकविक्रम शाही,सुमित गिरी,दिप्ती राजभण्डारी, सुशील मल्ल लगायतका बिद्यार्थीहरुले आफुले पाउने खाजा खर्च कटाएर बर्दियामा बाढीपीडितका लागि राहात पठाएका छन् ।
उनीहरुले बाढीका कारण भएको धनजनको क्षति प्रति गहिरो दुख ब्यक्त गर्दे बाढीबाट ज्यान गुमाएका शोकसन्तप्त परिवारजनप्रति गहिरो दुख ब्यक्त आफनो मातृभुमिमा आईपरेको समस्या समाधानमा आफनो पनि कर्तव्य रहेको महसुसु गर्दे बाढीबाट ज्यान गुमाएकाहरुको परिवारलाई राहात सामाग्री पठाएका हुन ।
उनीहरुले पठाएको राहात सामाग्री जनप्रतिनिधि,प्रशासन,पत्रकार ,बुद्धीजीवीको उपस्थितिमा घरदैलोमै पुगेर बाढीबाट ज्यान गुमाएका ४ घर परिवारलाई बितरण गरिएको छ ।
अध्ययन र रोजगारीका लागि जापान पुगेका बांके र बर्दिया पुगेका बिद्यार्थीहरुको संस्था बांके बर्दिया मैत्री समाज जापानले बाढीबाट ज्यान गुमाएका बार बर्दिया नगरपािलका वडा नं १० गन्दर्भ टोलका राजेन्द्र थारु , ठाकुरबाबा वडा नम्बर २ सतघरुवाका साउनी थारु , वडा नम्बर ५ शाहीपुरका गोविन्द थारु र गुलरिया नगरपािलका वडा नम्बर २ संगमबस्तीका बलबहादु सिंहको घरमै घरमै पुगेर राहात बितरण गरेको हो ।
बांके बर्दिया मैत्री समाजका बर्दिया संयोजक अमृत शर्मा ढकालको नेतृत्वमा गुलरिया नगरपालिकाकी उपमेयर सुशीला गिरी,बार बर्दिया वडा नं १०का वडा सदस्य फक्कु थारु,वडा सचिव काशीराज गौतम,प्रेस क्लब अफ नेपालका अध्यक्ष यमनाथ घिमिरेको हातबाट बाढीबाट ज्यान गुमाएकाहरुको घरमै पुगि राहात सामाग्री बितरण गरिएको हो ।
बिद्याथीहरुले खाजा खर्च कटाएर बर्दियामा बाढीबाट ज्यान गुमाउनेहरुका परिवारलाई बितरण गरिएको राहात सामाग्रीमा दाल,चामल,नुन,जीवन जल,चार्जींग लाईट,प्लास्टिकको गुन्द्री गरि ५हजार मुल्य बराबरका जिन्सी समान र ५हजार नगद रहेको बांके बर्दिया मैत्री समाज जापानका बर्दिया संयोजक एंव ने वि संघ क्षेत्र नम्बर २ का अध्यक्ष अमृत शर्मा ढकालले जानकारी दिनुभयो ।
बांके बर्दिया मैत्री समाज जापानले बाढी लगायत प्राकृतिक बिपतmीबाट जनधनको क्षति नहुने बिषयमा दीर्घकालिन योजना तर्जुमा गरि कार्यान्वयन गर्न नेपाल सरकार तथा मातहतका निकायसंग जोडदार मांग पनि गरेको छ । समाजले सन्ताप मात्र गरेर नपुग्ने भएकाले प्राकृतिक बिपतmीबाट जनधनको क्षति नहुने बिषयमा दीर्घकालिन योजना बनाउन नेतृत्व वर्गलाई सुझाव दिएको छ ।
बर्दियामा साउन २८ र २९गते बबई र मान नदी तथा ओराई खोलामा आएको बाढीले बर्दियामा ४जनाको मृत्यु भएको थियो भने २८जना घाईते भएका थिए । बाढीले २४हजार ९सय ४२ घरधुरीका १ लाख ३१हजार ८सय ६६जनसंख्या प्रभावित,१०हजार १सय २० घरधुरीका ४९हजार २सय ७९ जनसंख्या विस्थापित भएका थिए। बाढीले ६हजार १सय १८ घरमा पुर्ण र १४हजार ७सय ९७ घरमा आंशीक क्षति पुरयाएको थियो ।
Comments
Post a Comment