Skip to main content
बाढीका कारण बर्दिया सदरमुकाममा यातायात सम्बन्ध बिच्छेद
पी सी एन
बर्दिया ३०साउन । शुक्रबारदेखिको अविरल वर्षाले बबई तथा मान नदी,ओराई खोला लगायतमा आएको बाढीले सडक,पुल र कल्भर्टहरुमा क्षति पुरयाउदा सदरमुकाम गुलरियाको यातायात सम्पर्क बिच्छेद भएको छ ।
गुलरिया नेपालगंज सडकखण्डको चाईनाकम्पनि देखि लालपुरसम्मको सडक बाढीले क्षतिग्रस्त हुंदा तीनदिनदेखि यातायातका साधन चल्न नसकेकोले सडक मर्मतका लागि सशस्त्र प्रहरी ,नगरपालिका,सडक कार्यालयलाई अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एम सी ले बताउनु भयो ।
त्यसैगरी पश्चिम तर्पm जाने हुलाकी सडकको बबई क्याम्पस नजिक पानी भरिदा राजापुर तथा भुरिगाउ तर्फ जान कठिनाई भएको छ ।
त्यसैगरि उतर तर्फ मगरागाडि हुदै सदरमुकामलाई पुर्व पश्चिम राजमार्गमा जोडने बबईनदीको जब्दीघाटको पुलको पिलर भासिदा आवागमन ठप्प बनेको छ । गत बर्ष मात्र निर्माण कार्य सम्पन्न भएको पुलको भासिदा स्थानीय जनताहरु आश्चर्य चकीत भएका छन् ।
बाढीका कारण गुलरिया सब स्टेशनमा पानी पसेपछि आईतवार बिहानैदेखि बिधुत सेवा अवरुद्ध भई जिल्लाभर अन्धकार भएको छ । बिधुत सेवा अवरुद्ध बनेपछि बाढी प्रभावितका आफन्तहरु बीच कुराकानीमा समस्या परेको छ । बिधुत सेवा अवरुद्ध स्थानीय एफ एम रेडियोहरुको प्रसारण बन्द भएको छ भने समाचार संकलन,सम्प्रेषण गर्न स्थानीय संचारकर्मीहरुलाई कठिनाई उत्पन्न भएको छ ।
बाढीका कारण बर्दियामा हालसम्म ३जनाको ज्यान गएको छ भने एक जना बेपतmा र ४जना घाईते भएका छन्। बाढीका कारण आठवटै स्थानीय तहका ७४हजार जनता प्रभावित भएका छन्। प्रभावित मध्ये ४हजार ३सय ८८ घरपरिवारका २४ हजार ७सय ३४जनता विस्थापित भई आफन्त,सामुदायिक भवन र बिद्यालयमा आश्रय लिईरहेका छन् ।
बाढीले १३हजार ३सय ६२ घरधुरीका ७४हजार ३सय २७ जनसंख्या प्रभावित बनेकोमा २ हजार १सय ७३ घरमा पुर्ण र ८हजार ९सय ६२ घरमा आंशीक क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । बाढीका कारण सडक,पुल,कल्भर्ट, नहरहरु तथा बांध समेत भत्किएका छन्। बाढीले हजारौ पशु चौपाया समेत बगेको अनुमान छ।
Comments
Post a Comment