Skip to main content
गोविन्द के सी.को मांग पुरा गर्न बर्दियावासीका तर्फबाट सरकारलाई ज्ञापन पत्र
पी सी एन
बर्दिया,२७ साउन । बर्दियाका अधिकारकर्मी ,संचारकर्मी र नागरिक समाजका प्रतिनिधीहरुले चिकित्सा शिक्षा क्षेत्र तर्फ सुधार लगायतका डाक्टर गोविन्द के .सी .ले उठाएको मांग प्रति ऐक्बद्धता जनाउदै तत्काल मांग पुरा गर्न सरकारसंग आग्रह गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापा मार्फत प्रधानमन्त्रीलाई शुक्रबार सामुहिक हस्ताक्षर सहितको ज्ञापन पत्र बुझाई उनीहरुले डा गोविन्द के सीले उठाएका जायज मांग तत्काल पुरा नगरे आफुहरु आन्दोलनमा जाने पनि चेतावनी दिएका छन।
सामुहिक ज्ञापन पत्र बुझाउनेमा नागरिक समाज सञ्जालका संयोजक बालकृष्ण वली,गैर सरकारी संस्था महासंघका अध्यक्ष बिष्णु प्रसाद तिमल्सिना,राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, प्रेस क्लबका अध्यक्ष यमनाथ घिमिरे, रामजानकी युवा क्लबका अध्यक्ष तेजबहादुर भाट, समाजसेवी कमलप्रसाद रेग्मी, नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष यादवप्रसाद आर्चाय ,नेपाल पर्यटन पत्रकार संघका जिल्ला अध्यक्ष दिपक शर्मा लगायत रहेका छन् ।
Comments
Post a Comment