Skip to main content
युनिक नेपालद्वारा बर्दियाका बाढीपीडितहरुलाई ५लाख ५०हजार प्रदान
पी सी एन
बर्दिया,३२ साउन । बाढीबाट प्रभावितहरुलाई तत्काल आवश्यक पर्ने राहत सामाग्रीको लागि युनिक नेपाल बर्दियाबाट ५ लाख ५० हजार रुपैया सहयोग गरेको छ ।
युनिक नेपालका अध्यक्ष श्री देवमान चौधरीले जिल्ला दैविक प्रकोप उद्धार समिति बर्दियाका संयोजक तथा प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर थापालाई मिति मंगलबार चेक हस्तान्तरण गर्नु भएको हो ।
सहयोग रकमबाट बाढीपीडितहरुलाई तत्काल खाधान्न तथा राहत सामाग्री प्रदान भई प्रभावितहरुको दैनिकी सहज हुनमा मदत पुग्ने युनिक नेपालले विश्वास लिएको छ ।
Comments
Post a Comment