पी सी एन
कपिलवस्तु,२०साउन। बर्षाको मौका पारि सीमावर्ती जंगलबाट काठदाउरा चोरी निकासी बढने संभावना देखिएपछि जिल्ला वन कार्यालयले कपिलवस्तुमा नियमित गस्ती परिचालन गरेको छ।
चोरी निकासी गर्न लागिएको अवस्थामा गस्ती टोलीले ६ दिनमा २सय क्युफीट भन्दा बढि काठ बरामद गरेको छ । बरामद गरिएका काठमा ४८ थान सिसौ जातको १९५.९६ क्युफिट र एक थान साल जातकोे ४.३७ क्युफिट रहेको सहायक वन अधिकृत खिलबहादुर तामांगले जानकारी दिनुभयो । काठ सहित बरामद गरिएका साईकल, टायरगाडा र गोरु समेत जिल्ला वन कार्यालयले नियन्त्रणमा लिएको छ ।
Comments
Post a Comment