Skip to main content
जिल्ला युवा समितिले अन्र्तराष्ट्रिय युवा दिवस २०१७ शनिवार बर्दियामा विविध कार्यक्रम गरि मनाउदै
पी सी एन्
बर्दिया,२७ साउन । दिगो विकासका लागि युवा भन्ने मुल नाराका साथ अन्र्तराष्ट्रिय युवा दिवस २०१७ शनिवार बर्दियामा विविध कार्यक्रम गरि मनाईदैछ ।
प्रत्येक बर्ष अगष्ट १२का दिन विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाईन्छ ।
जिल्ला युवा समितिले शनिवार गुलरियामा बिहान राधाकृष्ण चोकबाट जिल्ला समन्वय समितिको कार्यालय सम्म प्रभातफेरी र दिउसो गुलरिया अस्पताल परिसरमा रहेको रक्तसंचार केन्द्रमा रक्तदान कार्यक्रमको आयोजना गर्ने समितिका कार्यालय प्रमुख नीलकण्ठ रेग्मीले पी सी एनलाई जानकारी दिनुभयो ।
अन्र्तराष्टिययुवा दिवसको अवसरमा जिल्ला युवा समितिको कार्यालय गुलरियमा युवा बिद्यार्थी स्तरीय बक्तृत्वकला प्रतियोगिता आयोजना गरेको र बक्तृत्वकलामा बिजयीहरुलाई शनिवार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा पुरस्कार बितरण गरिने छ ।
जिल्ला युवा समितिको कार्यालय बर्दियाले १७औं अन्तर्रािष्ट्रय युवा दिवसको सन्दर्भमा आयोजना गरेको माध्यामिक बिद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा विद्या ज्योति माध्यमिक विद्यालय बढैयाताल ७ का सोयव रजा हजामले प्रथम स्थान हासिल गर्नुभएको छ ।
‘शान्ति प्रवद्र्धनका लगि युवाको भूमिका’ विषयक माध्यामिक स्तरीय वक्तृत्वकला प्रतियोगितामा बबई बहुमुखी क्याम्पसकी गायत्री शर्मा द्वितीय, बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय गुलरियाकी सरस्वती उपाध्याय तृतीय हुनुभएको छ भने बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयकै सहभागी प्रतियोगी सोनम पुनले सान्त्वना स्थान प्राप्त गर्नुभएको छ ।
युवाहरुमा युवा दिवसको सान्दर्भिकता र शान्ति प्रवद्र्धनका लागि उनीहरुको भूमिकालाई आत्मसाथ गर्न उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जिल्ला युवा समितिका कार्यालय प्रमुख नीलकण्ठ रेग्मीले बताउनुभयो ।
यसैबीच १७औं अन्तर्रा्ष्ट्रिय युवा दिवसका अवसरमा जिल्ला युवा समितिको कार्यालयले शनिबार विहान ८ बजे सदरमुकाम गुलरियास्थित राधाकृष्ण चोकदेखि प्रभात फेरिको आयोजना गरेको छ । प्ले कार्ड तथा व्यानरसहित जिल्ला समन्वय समितिको सभाहलमा पुगेर औपचारिक कार्यक्रममा परिणत हुने र सो समारोहलाई जिल्लास्थित विभिन्न विद्वान व्यक्तित्वहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको कार्यक्रमका संयोजक रेग्मीले सास बर्दियालाई बताउनुभयो ।
अन्तर्राष्ट्रिय स्तरमा सन् २०००बाट र नेपालमा सन् २००४बाट अंग्रेजी महिनाको अगष्ट १२का दिन अन्तर्राष्ट्रिय युवा दिवस मनाउन थालिएको हो जिल्ला युवा समितिका कार्यालय प्रमुख नील कण्ठ रेग्मीले बताउनु भयो ।
Comments
Post a Comment