मुक्त कमैया, हलिया, कम्लहरी, सुकुम्बासीलाई लक्षित गरी योजना बनाउन पशुपंक्षी विकास मन्त्री थारुको निर्देशन


सावित्री गिरी पी सी एन

बांके,२४ साउन  । पशुपंक्षी विकास मन्त्री सन्तकुमार थारुले पिछडिएका र राज्यको सेवा सुविधाबाट बन्चित मुक्त कमैया, हलिया, कम्लहरी, सुकुम्बासी लगायतलाई मध्यनजर गरी कार्यक्रम तथा योेजना बनाउन कर्मचारीहरुलाई निर्देशन दिएका छन् 

क्षेत्रीय पशु सेवा निर्देशनालय सुर्खेतको आयोजनामा नेपालगन्जमा भएको ‘आर्थिक वर्ष २०७३÷०७४ को तेस्रो चौमासिक तथा वार्षिक प्रगति समिक्षा गोष्ठीको उदघाट्न गर्दै मन्त्री थारुले कार्यालय प्रमुखहरु पन्डुब्बी (पानी जहाज) को क्याप्टेन जस्तो कुशल हुनुपर्ने  बताउनु भयो ।  अहिलेसम्म टाठाबाठाले मात्रै सरकारी सुविधा लिएको बताउँदै उहाले अव दविएका, हेपिएका, शोषित, पीडित ,गरिवीको रेखामुनी रहेका समुदायलाई लक्षित गरेर योजना बनाई कार्यक्रम कार्यान्वयन गर्ने बताउनु भयो’ 

मन्त्री थारुले सेवाको पहुचमा रहेकाभन्दा पहुचभन्दा बाहिर रहेका समुदायलाई लक्षित गरी योजना बनाउन सकेमात्र योजनाले सार्थकता पाउने बताउदै परम्परागत रुपमा योजना आइरहेको भन्दै ठोस परिस्थितिको ठोस विश्लेषण गरेर योजना बनाउनु कर्मचारीहरुलाई निर्देशन दिनुभयो । एक ठाउँ एक उत्पादनको नीति अंगिकार गरी मन्त्रालय अघि बढेको बताउँदै मन्त्री थारुले दुध, मासु र अण्डामा आत्मनिर्भर बनाउने योजना ल्याउनु पर्नेमा जोड दिनुभयो बाँकेको राप्तीपारी सोनारी क्षेत्र बाख्रा पालनका लागि उपयुक्त हुने बताउँदै मन्त्री थारुले उक्त क्षेत्रलाई बाख्राको पकेट क्षेत्रको रुपमा विकास गर्न सकिने बताउनु भयो. ‘राप्तीपारी सोनारी क्षेत्रलाई बाख्रा उत्पादनको रुपमा विकास गर्ने योजना ल्याए सरकार सहयोग गर्न तयार छ,’ मन्त्री चौधरीले भन्नुभयो  पशुपंक्षी विकास मन्त्रालयका सहसचिव श्याम प्रसाद पौडेलले भारतबाट हुने पशुपंक्षी आयातलाई प्रतिष्ठापन गर्ने  किसिमको योजना बनाउन कर्मचारीहरुलाई निर्देशन दिनुभयो . सचिव पौडेलले पशुपंक्षी विमा र पाँच प्रतिशत ब्याजमा ऋण लगानी सन्तोषजनक नभएको प्रष्ट पार्नुभयो ।कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक डा. विमल कुमार निर्मल, क्षेत्रीय पशु सेवा निर्देशनालयका निर्देशक डा. किसनलाल भट्ट लगायतले निर्देशनात्मक सम्बोधन गर्नुभएको थियो । मध्यपश्चिम क्षेत्रका १५ जिल्लाका पशु सेवा कार्यालयका प्रमुखको सहभागिता रहेको गोष्ठी आज बुधबार सकिदैछ ।


Comments