बबई नदी खतराको तह भन्दा माथि , प्रजिअद्धारा स्थलगत निरीक्षण , सजकता अपनाउन आग्रह

पी सी एन
बर्दिया,२० साउन । बबई नदिको चेपांग र भादामा नदीको पानीको सतह खतराभन्दा माथि नाघेको छ।
जल तथा मौसम बिभागको बिहान ५ बजेर ३० मिनेट जादाको विवरण अनुसार चेपांगमा अहिले पानीको सतह ६दशमलव १० र भादामा ८ पुगेको छ । चेपांगमा ५दशमलव ५० र भादामा ७ लाई खतराको तह मानिन्छ । पानीको वहावले खतराको तह नाघे नदी किनाराका बासिन्दालाई सर्तकर्ता अपनाउन सूचना जारि गरिएको जिल्ला आपताकालिन केन्द्र सुचना ब्यवस्थापन अधिकृत रुपन ज्ञवालीले पी सी एनलाई बताउनु भयो ।
बुधबार राती देखि परेको लगातारको झरी नरोकिए बबई नदीमा पानीको सतह अझ बढि नदी किनारका बस्तीहरु डुबानमा पर्न सक्ने र केही स्थानमा नदी पस्न सक्ने संभावना रहेकोले बबई नदी आसपासमा बस्नेहरुलाई सजकता अपनाउन अनुरोध गरिएको अधिकृत ज्ञवालीले बताउनु भयो । 

उंहाले संभावित जोखिम आउन सक्ने स्थानहरुमा जनशक्ती र स्रोतसाधन तैयारी अवस्थामा राखिएको समेत जानकारी दिनुभयो। बर्दियाका प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले भादास्थित बबई नदीमा पानीको बहावको स्थलगत निरीक्षण गर्नुभएको छ । सदरमुकाम गुलरिया नजिकै भादाघाटमा नदीमा पानीको बहाव बढदै गएपनि चेपांगमा भने घटदै गएको बुझिएको छ ।

Comments