Skip to main content
सिचाई मन्त्री गौतमद्धारा राजापुरमा कर्णाली नदी नियन्त्रण आयोजनाको स्थलगत निरीक्षण
पी सी एनबर्दिया, २५साउन । स्थानीय तथा राष्ट्रिय गौरवका आयोजना निरीक्षण गर्ने क्रममा सिचाईमन्त्री सञ्जयकुमार गौतमले बुधबार कैलालीको रानीजमरा, राजापुरको कर्णाली नदी नियन्त्रण आयोजनाको निरीक्षण गर्नुभएको छ ।सिचाई मन्त्रालयका सचिव रामनन्द प्रसाद यादव, सिचाई बिभागका महानिर्देशक राजेन्द्रप्रसाद अधिकारी ,जलउत्पन्न बिभागका महानिर्देशक मधुकर प्रसाद राजभण्डारी र अन्य प्राविधिक टोली सहित आफनो गृह जिल्ला पुग्नु भएका मन्त्री गौतमले सो आयेजनाहरुको निरीक्षण गनुृभएको हो ।निरीक्षणका क्रममा बर्दिया र कैलालीलाई जोडने सती घाटको पुल निरीक्षण गर्दे पुलको पुर्वी किनारामा पक्की तटबन्ध यथाशीघ्र निर्माण गरि नदी कटानको जोखिममा रहेको पुललाई जोगाउन कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो ।बुधबार नै मन्त्री गौतमले कर्णाली नदी नियन्त्रण आयोजना र विगतको राजापुर सिचाई आयोजनाले निर्माण गरेको तटबन्ध, बांध तथा ईनटेकहरुको स्थलगत निरीक्षण गरि राजापुर क्षेत्रको सिचाई प्रणाली तथा नदी कटान नियन्त्रण कार्य बारे जानकारी लिनु भएको छ ।
मन्त्री गौतमलाई राजापुर जलउपभोक्ता संस्थाका अध्यक्ष कृष्णकुमार बर्मा ,उपाध्यक्ष सोमप्रसाद थारु ,कर्णाली नदी नियन्त्रण आयोजना राजापुरका प्रमुख तिलकबहादुर खत्री लगायतले राजापुर क्षेत्रमा सिचाई आयोजना र कर्णाली,गेरुवा र बुढी कुलो नदी नियन्त्रण तथा व्यवस्थापन कार्य एकीकृत रुपमा संचालन गर्न आग्रह गर्नुभएको छ ।बुधबार नै मन्त्री गौतमले सुर्यपटुवा,ठाकुरद्धारा र शिवपुरको भ्रमण गरि त्यस क्षेत्रको बिधमान सिचाई प्रणाली तथा नदी कटानको अवस्था बारे जानकारी लिनु भएको छ ।
Comments
Post a Comment