बर्दिया, २९ साउन । शुक्रबारदेखिको अविरल वर्षाले बबई तथा मान नदी,ओराई खोला लगायतमा आएको बाढीबाट डुबानमा परि ७४हजार जनता प्रभावित भएका छन्। प्रभावित मध्ये ४हजार ३सय ८८ घरपरिवारका २४ हजार ५सय ७४ जनता विस्थापित भएका छन् ।
बाढीका कारण १३हजार ३सय ६२ घरधुरीका ७४हजार ३सय २७ जनसंख्या प्रभावित बनेकोमा आइतबार सांझसम्मको तथ्यांकअनुसार २ हजार १सय ७३ घरमा पुर्ण र ८हजार ९सय ६२ घरमा आंशीक क्षति पुगेको जिल्ला आपताकालिन सुचना केन्द्रका सुचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।
बाढीका कारण मृत्यु हुनेको संख्या ३ र घाईतेको संख्या ४ पुगेको छ । बाढीका कारण नष्ट भएका भौतिक संरचना र मरेका पशु चौपायाको भने रेकर्ड आउन बांकी नै छ ।
बबई नदीमा आएको बाढीले बर्दियाको गुलरिया, बारबर्दिया, ठाकुरबाबा, मधुवन र बाँसगढी नगरपालिकाका अधिकांश भुभाग डुबानमा परेका छन्। डुबानमा परेकालाई नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरी,स्थानीय विपत व्यवस्थापन समितिका सदस्य, तालिम प्राप्त रेडक्रस स्वयमसेवकहरुद्धारा उद्धार गरि सुरक्षित क्षेत्रमा राखिएको छ । ३७५जनालाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले बताउनु भयो । नेपाली सेनाले डुङ्गा मार्फत पनि उद्धार गरेको छ । उनीहरुलाई स्थानीय विद्यालय, सामुदायिक भवन तथा सडकका किनारमा राखिएको छ । मानिसहरु अझै पनि छतमा वा माथिल्लो तलामा बस्ने वा डुवानमा नपरेका स्थानका आफन्तहरु कहाँ शरण लिइरहेका छन् । पानी पर्न छाडेपछि विस्तारै पानीको सहत घट्न थालेको छ ।
बबई नदीमा पानीको बहाव बढेकाले गुलरिया हुदै नेपालगंज ,गुलरिया हुदै खैरापुर जाने सडक जलमग्न हुदा बाटो अवरुद्ध भएको छ । बाटो अवरुद्ध हुंदा नेपालगंज गुलरिया सडकखण्डको शीतलाबजारमा सयौ यात्रुहरु अलपत्र परेका छन् ।
जिल्ला प्रकोप उद्धार समितिले तत्काल तयारी खानाको लागि स्थानीयतह मार्फत व्यवस्थापन मिलाइएको बताउदै विषयगत क्षेत्र सवैलाई विपद प्रतिकार्यका लागि तयारी अवस्थामा रही सहयोग गर्न आग्रह समेत गरेको छ ।
जिल्ला दैविप्रकोप उद्धार समितिले ववई नदि जलासय वरपरिका सवै टटीय क्षेत्रकावासीन्दालाई उच्च सर्तकताअपनाउनअपिल गरेको छ । डुवान कायमै रहेकोले स्कूल, सरकारी तथा नीजि कार्यालयहरु र कलकारखानाहरु बन्दै रहेको छ ।
गुलरिया नगरपालिका भएर बग्ने बबई नदीको बहाव उच्च भएपछि पानी वस्तीमा प्रवेश गरेकाले गुलरिया नगरपालिकाका अधिकाश ठाउहरु जलमग्न भएका छन् । बालापुर,सन्तोषी टोल मानुभक्त टोल ,भैसाही,थपुवा,लटकनिया,पर्सिया,बिधुत टोल ,रत्नापुर,महिजिदीया, बालापुर, सूर्यगौडी, ईन्द्रपुर, टँडुवा, कोठिया, भादा, खैरापुर, पण्डीतपुरलगायतका क्षेत्रमा बाढीको पानीले जलमग्न गरेको छ । बाढीका कारण बर्दियाको सदरमुकाम गुलरिया नगरपालिकामा रहेको जिल्ला अस्पताल समेत डुवानमा परेको छ ।
भुरीगाउँ, बाँसगढी, मगरागाडि, ठाकुरद्धारा लगायतका मुख्य बजार पनि जलमग्न भएका छन । सदरमुकाम गुलरीयाको संगम बस्ती, बालापुर, मस्जीदीया, खैरापुर लगायतका स्थानमा बाढीमा फसेकालाई उद्धार गर्न नसकिएपछी हेलोकप्टरबाट उद्धारका लागि आग्रह गरीएको छ । जिल्ला आपतकालिन कार्य संचालन केन्द्रका सुचना अधिकृत रुपन ज्ञवालीका अनुसार करिव २ सय घर परिवारलाई उद्धार गर्न हेलीकप्टर मांग गरीएको हो ।
बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि पशु पंक्षी विकास मन्त्री सन्तकुमार थारु र सांसद मानबहादुर थारु बर्दिया आईपुग्नु भएको छ । बर्दियामा बाढीबाट हजारौँ नागरिक प्रभावित भएकोले वस्तुस्थिति बुझन , राहत र उद्धार कार्य प्रभावकारी बनाउन उंहाहरु बर्दिया आउनु भएको हो ।
गुलरिया नगरपालिकाका मेयर मुक्तीनाथ यादव तथा कार्यकारी अधिकृत रुरामचन्द्र पौडेलले पनि बाढी प्रभावितहरुको स्थानहरुको भ्रमण गरि बाढी प्रभावितहरुको अवस्था बारे जानकारी लिनु भएको छ ।

Comments
Post a Comment