सिचाईमन्त्री एंव बर्दिया कांग्रेसका सभापति सञ्जयकुमार गौतम राष्ट्रिय गौरवका आयोजना निरीक्षण गर्न पुनः बांके बर्दियामा



पी सी एन

बांके ,२३साउन । सिचाई मन्त्री तथा नेपाली कांग्रेस बर्दियाका सभापति सञ्जय कुमार गौतम राष्टिय गौरवका आयोजनाहरुको निरीक्षणका क्रममा आईतबार साझ बांके आईपुग्नु भएको छ । उंहाले बांके,बर्दिया र सुर्खेत तथा कैलालीमा रहेका आयोजनाहरुको निरीक्षण गर्नुहुनेछ । 
मन्त्री गौतमका साथमा सिचाई मन्त्रालयका सचिव रामनन्द प्रसाद यादव, सिचाई बिभागका महानिर्देशक ,जलउत्पन्न बिभागका महानिर्देशक समेत निरीक्षण भ्रमणमा  रहनु भएको छ ।
मन्त्री गौतमको स्वागर्ताथ नेपाली कांग्रेस बाकेका सभापति किरण कोइराला,बर्दियाका उपसभापति मिश्रीलाल यादव,सचिव जीवन मल्ल ,ने वि संघका पुर्व केन्द्रिय उपाध्यक्ष दिपक भण्डारी, नेपालगंज उपमहानगरका उपमेयर उमा थापा, कोहलपुर नगरपालिकाकी उपमेयर सन्जु चौधरी , निर्माण व्यवसायी संघ बर्दियाका अध्यक्ष भेषराज पौडेल लगायतका संयौ नेता तथा कार्यकर्ता राझा बिमानस्थल पुग्नु भएको थियो । आईतबार बुद्ध एयरको उडानबाट नेपालगंज ओर्ले लगतै मन्त्री गौतमले कोहलपुरस्थित कटानग्रस्त गाउहरुको निरीक्षण समेत गर्नुभयो । उंहाले आईतवार राती र सोमवार बिहान भेरी बबई डाईभर्सन आयोजनाको निरीक्षण गर्ने कार्यक्रम रहेको स्वकीय सचिव विशेष गौतमले जानकारी दिनुभयो । 
सिचाई मन्त्री एंव बर्दिया कांग्रेसका सभापति गौतमले सोमवार बिहान ११बजे बारबर्दियाको सिउनीयामा शहिद एंव नेपाली कांग्रेस बर्दियाका पुर्व सचिव स्वर्गीय गोविन्द पौडेलको शालीक अनावरण गर्नुहुनेछ ।
शालीक अनावरण गरे लगतै मन्त्री गौतम चिसापानीस्थित रानीजमरा सिचाई अयोजनाको निरीक्षण गर्नु हुनेछ ।
असार २५गते मंगलवार मन्त्री गौतमले राजापुरको कर्णाली नदी नियन्त्रण आयोजनाको स्गलगत निरीक्षण गर्ने, कार्यकर्ता भेटघाट तथा स्वागत कार्यक्रममा सरिक हुने र सोही दिन ठाकुरद्धारा र सुर्यपटुवा सिचाई आयोजनाको निरीक्षण गरि काठमाण्डौ फर्कने कार्यक्रम रहेको सिचाई मन्त्री गौतमको निजी सचिवालयले जनाएको छ ।

Comments