बढैया ताल गाउपालिकाका अध्यक्ष श्रेष्ठद्धारा गाउ सभामा नीति तथा कार्यक्रम प्रस्तुत


पी सी एन
बर्दिया,३२साउन । बढैया ताल गाउपालिकाको गाउ सभाको प्रथम सभा बुधबारदेखि मैनपोखरमा शुरु भएको छ। 
सभामा बढैया ताल गाउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले गाउ कार्यपालिकाका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दे सरकार,नीजि क्षेत्र ,गैर सरकारी संस्था,राजनैतिक दल,नागरिक सबैसंगको सम्वाद,सहकार्य र सहमति बमोजिम बढैया ताल गाउपालिकलाई समृद्ध बनाउने आफनो योजना रहेको बताउनु भयो ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दे अध्यक्ष श्रेष्ठले पर्यटन ,कृषि ,उधोग तथा ब्यापारको व्यवसायिक विकास र  विस्तारद्धारा नै बढैयाताल गाउपालिकामा समृद्धि हासिल हुने भएकोले सरकारी,सार्वजनिक र निजी साझेदारीमा आफुले त्यस सम्बन्धि कार्यक्रम बनाउने प्रष्ट पार्नुभयो ।
जनताले उच्च विश्वासका साथ आफुलाई अध्यक्ष बनाएको बताउदै अध्यक्ष श्रेष्ठले जनमतको उच्च कदर गर्दै जनचाहना बमोजिम नै आफु अघि बढने प्रतिबद्धता जनाउनु भयो ।
गाउ कार्यपालिकाका तर्फबाट अध्यक्ष श्रेष्ठले गाउसभामा प्रस्तुत गर्नुभएको आर्थिक बर्ष २०७४। ७५का लागि प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा आन्तरिक पर्यटकलाई प्रोत्साहन गर्ने,सडक सौर्य बती जडान,बंगर तथा बाख्रापालन र कृषि सम्बन्धि युवा लक्षित कार्यक्रम,गाउपालिकामा बिधमान उधोग तथा व्यपारलाई प्रोत्साहन गर्दे लगानी कर्ता भित्रयाउने,सामाजिक सुरक्षा भतmालाई पायक पर्ने स्थान मार्फत बितरण गर्ने रहेका छन् ।
यस्तै एक घर दश रुख अभियान मार्फत हरियाली प्रर्वद्धन गर्ने,वातावरण मैत्री विकास पणालीको अवलम्बन गर्ने,गाउपालिका भित्र चक्रपथ निर्माणका लागि सम्भाव्यता अध्ययन, १२ महिना सहज आवातजावत हुने सडकको स्तरोन्नति, प्राविधिक शिक्षालयको स्थापना, शैक्षिक संस्थाहरुलाई शैक्षिक ,भौतिक र आर्थिक सुधारका लागि पहल गर्ने , सुकुम्वासी,मुक्त कमैया,महिला,पिछडिएका वर्गहरुको आर्थिक तथा सामाजिक सशतिmकरण लगायत कार्यक्रमलाई नीति तथा कार्यक्रमममा उल्लेख छ ।
सभामा बोल्दै उपाध्यक्ष दीपा गौतमले  एक आपसमा तछाडमछाड नगरि सुन्दर,हराभरा र समृद्ध बढैयाताल गाउपालिका बनाउने अभियानमा सर्वपक्षीय सहमतिका आधारमा अघि बढनु पर्ने बताउनु भयो ।
अध्यक्षले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सभाको सदस्यको रुपमा रहेका वडा अध्यक्ष तथा सदस्यहरुले  सभामा टीका टिप्पणी गर्ने कार्यक्रम  जारि रहेको छ ।
नीति तथा कार्यक्रम पास भएपछि  विषयगत समिति अन्र्तगतका कार्याहरुले बजेट बनाई सभामा पेश गर्ने कार्यक्रम रहेको बढैया ताल गाउपालिकाका कार्यकारी अधिकृत बन्दना कर्णले बताउनु भयो ।


Comments