Skip to main content
सिचाईमन्त्री एंव नेपाली कांग्रेस बर्दियाका सभापति सञ्जय गौतमद्वारा शहिद गोविन्द पौडेलको शालीक अनावरण
शुभाष परियार पी सी एन
बांके, २४साउन । सिचाईमन्त्री एंव बर्दिया कांग्रेसका सभापति सञ्जयकुमार गौतमले राष्ट्रिय गौरवका आयोजना निरीक्षण गर्ने क्रममा मंगलबार दिउसो बार बर्दियाको वडा नं ७ सिउनीयामा निर्माण गरिएको शहिद गोविन्द पौडेलको शालीक अनावरण गर्नुभएको छ ।
शालिक अनावरण कार्यक्रममा बोल्दै गौतमले सरकारको उदेश्यय अनुरुप बबई ,रानीजमरा,भेरी डाईभर्सन लगायतका राष्ट्रिय गौरव र अन्य सानातिना आयोजनालाई समयमै सम्पन्न गरि कृषि क्षेत्र र विकासमा क्रान्ति ल्याउन आफु लागि परेको बताउनु भयो । उंहाले सिचाई ,सडक र भौतिक पुर्वाधार विकासमा पछाडि पारिएको बर्दियालाई आफु मन्त्री छदा छिटोछरितो प्रभावकारी काम गरि कृषि तथा पर्यटनमा आधारित उधोगधन्दाको विकास तथा विस्तारद्धारा समग्र बर्दियालाई समृद्ध बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
आफु समग्र बर्दियाली जनताका हक हित र विकासका लागि जहिलेपनि काम गर्न तैयार रहेको बताउदै सिचाईको विकास तथा विस्तारद्धारा कृषि तथा पर्यटनमा क्रान्ति ल्याउन सकिने बताउनु भयो । उंहाले बर्दियाको कंग्रेसमा गोविन्द पौडेलको योगदान अतुलनीय रहेको बताउदै उंहाको सपनालाई आफु लगायत सबै कंग्रेस कार्यकर्ताले पुरा गर्नुपर्ने धारणा राख्नुभयो ।
नेपाली कांग्रेस बर्दियाका तत्कालिन सचिव गोविन्द पौडेल तत्कालिन ने क पा माओवादीका कार्यकर्ताहरुको आक्रमणमा परि शहादत प्राप्त गरेका थिए । पर्वतमा २०१४साल असार ४गते जन्मनु भएका पौडेलले २०५५ साउन २४गतेका दिन सहादत प्राप्त गर्नुभएको थियो।
शालिक निर्माण समितिका अध्यक्ष जयबहादुर खत्रीको अधयक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका पुर्व सभापति अरुणप्रकाशसिंह राठौर,महासमिति सदस्य मालती सोडारी,नेपाल शिक्षक महासंघका केन्द्रिय उपसचिव ज्ञानेन्द्र रावल लगायतले बोल्नु भएको थियो ।
मन्त्री गौतमले आजै रानीजमरा सिचाई र भेरी बबई डाईभर्सन आयोजनाको निरीक्षण गर्नुभएको छ ।
भोली बुधबार मन्त्री गौतम रानीजमरा सिचाईको निरीक्षण गरि नेपाली कांग्रेस राजापुरले आयोजना गर्ने स्वागत कार्यक्रममा सरिक भई र कर्णाली नदी नियन्त्रण आयोजना र सुर्यपटुवा तथा शिवपुर सिचाई आयोजनाको निरीक्षण गरि नेपालगंज वास बसि पर्सि बिहान काठमाण्डौ फर्कने कार्यक्रम छ ।
यसै बीच नेपाली कांग्रेस बर्दियाको जिल्ला पार्टी कार्यालयमा कंग्रेस बर्दियाका पुर्व सचिव तेजबहादुर भाट,क्षेत्रीय सभापति रामचन्द्र थापा लगायतको उपस्थितिमा शहिद गोविन्द पौडेलको १९औ स्मृति दिवस मनाईएको छ ।
Comments
Post a Comment