बाढीले बर्दियामा एकको बेपतmा , २ सय ६ घर प्रभावित , १हजार ३० जना बिस्थापित


पी सी एन्
बर्दिया,२८साउन । शुक्रबारदेखिको अविरल वर्षाका कारण बर्दियाको बबई तथा मान लगायतका नदी तथा खोलामा आएका बाढिले एक बेपतmा र ३ जना घाईते भएका छन् भने डुबानमा परि २०६घरका १हजार३०जना बिस्थापति भएका छन् । 
जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका सुचना अधिकृत रुपन ज्ञवालीका अनुसार बाढीले १६ वटा घरमा पुर्ण र १९० घरमा आंशीक क्षति पुगेको छ ।
स्थानीय ओराली खोलामा आएको बाढीले शनिवार बिहान बगाएर बार बर्दिया नगरपालिका  वडा नम्बर १० गन्धर्व टोल बस्ने २९ बर्षीय राजेन्द्र थारु बेपता भएका हुन । बाढी आएको हेर्न खोला किनारमा गएका बेला ढिस्कोबाट खसेर थारु बेपतmा भएका हुन ।
बबई नदीमा आएको बाढीले  बासगढी नगरपालिका वडा नं १चेपांगमा तुलबहादुर बि क को घर भत्किदा उनका आमा नरकली बि क, ३६ बर्षीय भाई  सते नेपाली र १८  बर्षीय छोरी भुमसरा बि क घाईते भएको प्रहरीले जनाएको छ । गंभीर घाईते नरकालीलाई थप उपचारका लागि नेपालगंज लगिएको जिल्ला आपतकालिन सुचना केन्द्रका अधिकृत रुपन ज्ञवालीले पी सी एनलाई बताउनु भयो। 
बाढीका कारण बांसगढी नगरपालिकामा १सय १४ घरका ५सय ४० जना , ठाकुरबाबामा १घरको ५जना, बढैयातालमा ७० घरका ३सय ५०जना, बारबर्दियामा २१घरका १सय ५जना बिस्थापित भएको सुचना अधिकृत ज्ञवालीले पी सी एनलाई बताउनु भयो ।
 बाढीका कारण मोतीपुर दमौली जोडने पुलको बीचको पीलर भत्किदा आवागमन प्रभावित भएको छ ।
गुलरिया नेपालगंज सडकखण्ड अन्र्तगत भादापुल  गणेशपुर सडकखण्डमा  बबई नदीको पानीले सडक पार गरेपछि शनिवार साझबाट आवागमन ठप्प भएको छ । गुलरियाको भादापुल वरपरका बस्तीहरुमा पानी पसेपछि बिस्थापित हुन पुगेका स्थानीय बासिन्दाहरु सडक किनारामा पाल टांगेर बस्न शुरु गरेका छन् ।
जिल्लाका डुबान प्रभावितहरु उचो सडक ,स्थानीय बिद्यालय र आफन्त  कंहा आश्रय लिईरहेका छन् । 
बर्दियाका प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित क्षेत्रमा रहनु पर्ने बताउदै  जनप्रतिनिधि,सुरक्षा निकाय,समुदाय ,रेडक्रस,विषयगत क्षेत्र सबैलाई विपद प्रतिकार्यका लागि तयारी अवस्थामा रही  सहयोग गर्न आग्रह गर्नुभएको छ ।
बबई नदीले प्रभाव पार्ने  जोखिमयुक्त क्षेत्रमा रेडक्रसले तालिमप्राप्त स्वयमसेवक नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले उद्धार टोली खटाएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बर्दियाका सभापति कृष्णप्रसाद गौतमले जानकारी दिनुभयो ।
हावाहुरी , बर्षा र बाढीले गर्दा  काली गण्डकी बिधुत प्रसारण केन्द्र तथा कोहलपुर गुलरिया ३३ केभी प्रसारण लाईनमा आएको गडबडीका कारण शुक्रबार रातीबाट अवरुद्ध बिधुत सेवा  शनिवार सांझबाट बर्दियाभरी नै संचालनमा आएको छ । शुक्रबार बेलुकाबाट अवरुद्ध रहेको एनसेलको टेलिफोन नेटवर्क पनि शनिवार सांझबाट संचालनमा आएको छ । 

Comments