Skip to main content
भूमिसुधार मन्त्री गोपाल दहितद्वारा बर्दियाका मुक्त कमलहरीलाई परिचय पत्र बितरण
बिनिता क्षेत्री
गुलरिया,१६भदौ। बर्दियाका मुक्त कमलहरीहरुलाई शुक्रबार एक समारोहका बीच परिचय पत्र बितरण गरिएको छ ।
भुमिसुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले जिल्ला समन्वय समितिको हलमा गुलरियामा जिल्लाका २हजार ४सय ९५ मुक्त कमलहरी मध्ये २९जनालाई कमलहरीहरुलाई परिचय पत्र प्रदान गर्नुभयो ।
परिचय पत्र बितरण कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री दहितले आफु मन्त्री भए नभएपनि मुक्त कमैया,गरिब र भुमिहीनको जनताको पक्षमा सधै काम गर्ने बताउदै चार महिनाभित्र सम्पुर्ण कमलहरीहरुलाई परिचय बितरण गर्ने काम सम्पन्न गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
आफु मन्त्री बनेपछि ७दिनभित्र कार्यबिधि बनाई मुक्त कमलहरीहरुलाई परिचय पत्र बितरण बाडन पाएकोमा खुशी ब्यक्त गर्दे मन्त्री दहितले परिचय पत्र बितरणमा ढिलासुस्ती र हैरानी गर्ने कर्मचारीहरुलाई कारवाही गर्ने चेतावनी दिए ।
उनले चार महिनाभित्रै बर्दिया,बांके,दांग लगायत तराईका जिल्लाका १३हजार कमलहरी मध्ये पहिलो ९हजार ७ सय ४२ जनालाई परिचय पत्र बितरण गरिसक्ने सरकारी लक्ष्य रहेको स्पष्ट पारे ।
कमलहरी मुक्त भएको १८बर्ष र आफहरुको ४बर्षे आन्दोलन पछि भूमिसुधार तथा व्यवस्था मन्त्रालयले परिचय पत्र प्रदान गरेकोमा बर्दियायका कमलहरीहरुले भूमीसुधार मन्त्री तथा नेपाल सरकारलाई धन्यवाद दिएका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख शंकरप्रसाद थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख मानबहादुर बिष्ट,प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई जिल्ला भूमिसुधार अधिकारी कृष्णप्रसाद ज्ञवाली लगायतले बोल्नु भएको थियो ।
Comments
Post a Comment