११औ मानव बेचबिखन बिरुद्धको दिवस बर्दियामा विविध कार्यक्रम गरि मनाईदै


पी सी एन
बर्दिया,१६ भदौ । अबको गन्तब्यः मानव बेचबिखनको अन्त्य भन्ने  मुलनाराका साथ बर्दियामा मानव बेचबिखन बिरुद्धको ११औं राष्ट्रिय दिवस बर्दियामा बिविध कार्यक्रम गरि मनाईने भएको छ ।
दिवसको अवसरमा शनिवार जिल्लाका ८वटै स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षहरुलाई मानव बेचबिखन बिरुद्धको बिधमान ऐन ,कानुन र नियमावलीका बारेमा अभिमुखीकरण गराईने कार्यक्रम तय भएको छ । गुलरियास्थित होटल बिजयामा आयोजना हुने  सो कार्यक्रमको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भराईले उद्घाटन गर्ने कार्यक्रम छ ।
जिल्ला कानुनी सहायता केन्द्रको सहयोगमा महिला तथा मानव बेचबिखनबिरुद्धको जिल्ला समितिले गराउने सो अभिमुखीकरणमा जिल्ला न्याधिवक्ता देवराज भारती र सामाजिक कानुनी सहायता केन्द्रका संयोजक लक्ष्मी नेपालले अभिमुखीकरण गराउने हुने कार्यक्रम रहेको महिला विकास अधिकृत गीराकुमारी बस्नेतले जानकारी दिईन ।
मानव बेचबिखन तथा ओसारपसार विरुद्धको जिल्ला समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराईको अध्यक्षतामा सम्पन्न बैठकको निर्णय बमोजिम आठवटै तहका जनप्रतिनिधीहरुलाई सो विषयमा अभिमुखीकरण गराउन थालिएको हो ।
समितिले मानव बेचबिखन बिरुद्धको दिवसको प्रमुख दिन अर्थात भाद्र २० गते जिल्ला प्रशासन कार्यालयमा जम्मा भई प्रभातफेरि आयोजन गरि राधाकृष्णचोकमा सभा गर्ने निर्णय गरेको छ । समितिलै आठवटै तहमा विविध कार्यक्रम गरि दिवस मनाउन अनुरोध गरेको महिला विकास अधिकृत गीराकुमारी बस्नेतले जानकारी दिनभयो ।

Comments