पी सी एन
बर्दिया , २५ भदौ । गेरुवा गाउँपालिका र सामाजिक सरोकार केन्द्र बाँककोे आयोजनामा गेरुवा गाउपालिकाको पशुपतीनगरमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बाढि पछि उत्पन्न स्वास्थ्य समस्यालाई निराकरण गर्न संचालन गरिएको स्वास्थ्य शिविरमा ६ सय ३९ जनाले उपचार तथा परामर्श लिएका गेरुवा गाउपालिकाका अध्यक्ष जमानसिंह के सीले बताए ।
नेपालगञ्ज मेडिकल कलेजका प्रमुख तथा सामाजिक सरोकार केन्द्रका सल्लाहाकार डा. शुरेस कुमार कनौडिया को नेतृत्वमा आएको विशेषज्ञ टोलीले सेवा प्रदान गरेको शिविरमा१४ बर्ष मुनिका १ सय ३० जना बाल बालिका सहित ६सय ३९जनाले उपचार तथा परामर्श लिएका हुन ।
शिविरमा जनरल फिजिसीयन डा. सुरेश कुमार कनौडिया र डा. शिशिर रेग्मी, बाल रोग विशेषज्ञ डा. सुमन, नाक कान र घाँटी विशेषज्ञ डा. सुलभ श्रेष्ठ, स्त्री रोग विशेषज्ञ डा. ओनिका कार्की, यौन तथा चर्म रोग विशेषज्ञ अभिषेक अर्याल र सर्जरी तर्फ डा. सगुन खड्काले सेवा प्रदान गर्नुभएको थियो ।
शिविरमा विरामीहरुको निशुल्क जाँच गरिनुका साथै परार्मश तथा निशुल्क औषधी वितरण गरिएको थियो ।
Comments
Post a Comment