सन्तोष यादव
बर्दिया,२८भदौ । नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्रप्रसाद धितालले पत्रकारहरुको व्यवसायिक उन्नति , हकहित र श्रमको उचित पारिश्रमिकमा विशेष ध्यान दिन सरकारी र निजी संचार माध्यम र सरकारलाई आग्रह गरेका छन् ।
क्रान्तिकारी पत्रकार संघ बर्दियाको प्रथम जिल्ला सम्मेलनलाई बुधवार गुलरियामा सम्बोधन गर्दे अध्यक्ष धितालले हरेक परिवर्तनमा महत्वपुर्ण भुमिका खेलेका पत्रकारहरुलाई उत्थान,विकास र सुरक्षामा राज्यले बिशेष चासो दिनु पर्ने बताए । उनले श्रमजीवी पत्रकार ऐनको पुर्ण कार्यान्वयन भए पत्रकारिता क्षेत्रमा देखापरेका धेरैजसो समस्या समाधान भएर जाने पनि बताए ।
उनले जस्तोसुकै कठिन परिस्थितिमा आफु पनि प्रेस तथा अभिब्यतिm स्वतन्त्रताको पक्षमा आवाज बुलन्द पार्दे आम पत्रकारहरुको पक्षमा उभिने बताए ।
नेपाल पत्रकार महासंघका प्रदेश सभासद एंव प्रेस क्लब अध्यक्ष यमनाथ घिमिरेले केन्द्र,प्रदेश र स्थानीय सरकारहरुले पत्रकारहरुको पेशागत क्षमता र संचार माध्यमहरुको दिगो विकासमा विशेष बजेट,नीति तथा कार्यक्रम ल्याउनु पर्ने बताउदै जनताले चाहेको विकासका लागि पत्रकारहरु अभाव,दवाब र प्रभावबाट मुक्त भई जनकेन्द्रित पत्रकारितामा लागि पर्नुपर्ने बताए । उनले कृषि,पर्यटन,जलस्रोत र भौतिक पुर्वाधारहरुको विकासमा पत्रकारहरुले कलम चलाउदा देशमा छिटटै समृद्धि हासिल हुने बताए।
नेपाल प्रेस युनियन बर्दियाका अध्यक्ष बिनयराज भण्डारीले श्रमजीवी पत्रकारको हकहितमा सम्पुर्ण पत्रकारहरु एकजुट भई लागि पर्नुपर्ने बताउदै पत्रकारहरुको हक हित र कल्याणका लागि नेपाल प्रेस युनियन सधै अग्र पंतिmमा रहने बताए।
प्रेस चौतारी बर्दियाका सचिव यज्ञप्रसाद सापकोटाले जस्तोसुकै कठिन परिस्थितिमा पनि पत्रकारहरुले राष्ट्रियता र पत्रकार आचारसंहितालाई भुल्न नहुने बताए ।
बर्दिया नागरिक समाज संजालका संयोजक बालकृष्ण वलीले सुचना प्रविधिले पत्रकारिता क्षेत्र जटिल बन्दै गएको बताउदै पत्रकारितामा अबदेखि पत्रकारितामा धेरै मेहनत गर्नुपर्ने बताए ।
पर्यटन पत्रकार संघ बर्दियाका अध्यक्ष दिपक शर्माले पर्यटन पत्रकारिता तर्फपनि कलम चलाउन पत्रकारहरुलाई सुझाव दिए ।
क्रान्तिकारी पत्रकार संघ बर्दियाका संयोजक आभाष नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका प्रदेश नम्बर ५का संयोजक लोकराज जैशी, प्रेस क्लब गुलरिया नगर संयोजक गोमा बिष्ट,ने क पा माओवादी क्रान्किारीका जिल्ला सचिव दुर्गा अधिकारी खत्री लगायतले बिकृति,बिसंगति र बेथिति बिरुद्ध पत्रकारहरुले कलम चलाउनु पर्ने लगायतका धारणा राखेका थिए।
Comments
Post a Comment