पी सी एन
बर्दिया,३० भाद्र । जिल्ला कानुनी सहायता समिति सामाजिक कानुनी सहायता केन्द्र बर्दियाको आयोजनामा सदरमुकाम गुलरियामा सरोकारवाला निकाय बीच एकदिने समन्वय बैठक शुक्रबार सम्पन्न भएको छ ।
बैठकलाई सम्बोधन गर्दे समितिका अध्यक्ष जिल्ला न्याधिवक्ता देवराज भारतीले बार्षिक चालीसहजार भन्दा कम आए भएका तथा लैंगिक हिंसा,द्धन्दबाट प्रभावित र घरेलु हिसाबाट पीडित समाजका विपन्न, कमजोर ब्यक्तिहरुलाई सामाजिक कानुनी सहायता केन्दले निशुल्क कानुनी सहायता प्रदान गर्दै आएको बताउदै सेवा केन्द्रले प्रदान गर्ने सेवा सुविधाको बारेमा ब्यापक प्रचारप्रसार गर्न सरोकारवालाहरुलाई अनुरोध गरे।
उनले कानुनी सहायता,मनोसामाजिक परामर्श सेवा,सचेतना अभियान,संचार परिचालन मार्फत न्यायमा सरल र सहज पहुच स्थापना गर्नुका साथै सेवा लिन आउने पीडितलाई औषधोपचार ,बास र यातायात खर्च समेत उपलब्ध गराउने गरेको जानकारी दिदै सेवा लिन आउन पीडितहरुलाई अनुरोध समेत गरे ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटराईले न्यायमा सहज पंहुच कायम गर्न नसकेका ब्यतिmहरुलाई कानुनी सेवा प्रदान गर्दे आएकोमा सामाजिक काुनुनी सहायता केन्द्रको प्रंशसा गर्दे केन्द्रले प्रदान गर्दे आएको सेवा सुविधाको बारेमा स्थानीय तह,संघ संस्था,संचारमाध्यम र जनप्रतिनिधिहरुले ब्यापक प्रचारप्रसार गरि पीडितहरुलाई सेवा लिने कार्यमा प्रोत्साहन गर्नुपर्ने बताए ।
जिल्ला समन्वय समितिका प्रमुख मानबहादुर बिष्ट,अधिवक्ता बीरबहादुर रोकाय, बारका कार्यवाहक अध्यक्ष जंगबहादुर खडका,महिला विकास अधिकृत गीराकुमारी बस्नेतले गरिबहरुलाई न्यायमा पंहुच पुरयाउन सामाजिक कानुनी सहायता केन्द्रले खेलेको भुमिकाको पं्रशसा गर्दे हिंसा पीडितहरुलाई आफनो तह र तप्काबाट केन्द्रबाट सेवा लिन उत्प्रेरणा जगाउने बताए ।
२०६१सालदेखि बर्दियामा जिल्ला कानुनी सहायती समिति गठन भएकोमा युएनडीपीको सहयोगमा सन् २०१४देखि जिल्ला कानुनी सहायता समिति सामाजिक काुनुनी सहायता केन्द्र संचालन भई गरिब,विपन्नलाई न्यायमा पंहुच अभिबृद्धि गर्ने कार्य गर्दे आईरहेको जिल्ला संयोजक लक्ष्मी नेपालले बताईन ।
बैठकले आगामी दिनमा आफनो सेवालाई अझ प्रभावकारी रुपले संचालन गर्ने निर्णय गर्दे केन्द्रले प्रदान गर्ने सेवाका बारेमा ब्यापक प्रचारप्रसार गर्ने निर्णय गरेको छ ।
Comments
Post a Comment