बहुप्रतिक्षित गुलरिया मुर्तीहा नाका पौषदेखि संचालनमा आउने


अभिनन्दन यादव 

बर्दिया, ३१भदौ । भारतको उतर प्रदेश वनका अधिकारीले भन्सारका लागि जग्गा उपलब्ध गराउन सहमति जनाउने संकेत देखिएपछि भएपछि बहुप्रतिक्षित गुलरिया मुर्तीहा नाका संचालनमा आउने भएको छ ।नेपालबाट भेटका लागि सांसद अभिषेकप्रताप शाह , गुलरियाका सामाजिक अभियन्ता अनुप यादव सहितको नेपाली टोलीसंगको शनिवार बिहान भएको भेटमा उतर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथले भारतीय वन,आरक्षले भारतीय कस्टम अफीस स्थापना गर्न जग्गा उपलब्ध गराउने सहमति जनाएकोले आवश्यक प्रकृया पुरा गरि छिट्टै नाका संचालनमा ल्याउन आफु लागि पर्ने र छिट्टै नै गुलरियामा नाका खुल्ने  आश्वासन दिएका छन् ।उतर प्रदेशका मुख्यमन्त्री ज्युले मुर्तीहामा नाका खोल्न अत्यन्त सकारात्मक देखिनु भएको छ बर्दियाबाट उधोगी ब्यापारी सहितको एक प्रतिनिधि मण्डल दशैपछि आएमा भारतीय वन अधिकारी ,कस्टम अधिकारीसंग बैठक गरि नाका संचालनमा ल्याउने बताएको भेटमा सहभागी अनुप यादवले बताए । यादव र शाहको टोलीले शनिवार स्थानीय समय अनुसार बिहान ८ः३०बजेदेखि ९बजे सम्म मुख्यमन्त्री आदित्यनाथसंग भेट गरेको थियो ।बर्दियाको गुलरियासँग जोडिएको भारतीय सीमाको मुर्तिहा सडक र त्यहा निर्माण हुने कस्टम अफीस आरक्षभित्र परेकाले वन बिभागका अधिकारीहरुले स्वीकृति नदिदा नाका सञ्चालमा ढिलाई भएको थियो। सन् २००९को  अक्टोबर २७ मा नेपाल र भारतका अधिकारीबीच महेशपुर, ठुटीवारी, सिक्टा, लुक्हा र मुर्तीहा गरि ५ वटा नाका थप्न सम्झौता भएको थियो ।तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको भारत भ्रमणका क्रममा उत्तरप्रदेश राज्यका पूर्व मुख्यमन्त्री अखिलेशकुमार यादवले दुवै मुलुकबीच भएको सम्झौता अन्तर्गत नाका सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन पनि दिएका थिए ।अन्य नाका सञ्चालनमा आए पनि मुर्तिहा आरक्ष क्षेत्रमा परेकाले भारतीय वन अधिकारीले स्वीकृत दिएका थिएनन् । तीन वर्षअघि उद्योग वाणिज्य संघका उपाध्यक्ष बिरु चौधरी को नेतृत्वमा सर्वदलीय र सर्वपक्षीय टोली नाका खुलाउने माग गर्दै लखनउस्थित भारतीय सीमा शुल्क आयुक्त (निवारक) को मुख्यालय पुगेको थियो । आयुक्तले मुर्तिहामा नाका खोल्न सहमति दिएपछि सीमा शुल्कका सहायक मन्जुरानीको टोलीले कर्तरनियाघाट वन्यजन्तु संरक्षण क्षेत्रको मुर्तिहा अवलोकन गरेकी थिइन् । त्यस समय वनले जग्गा उपलब्ध गराउन सहमति दिएको थियो । 


Comments