गुलरिया उधोग बाणिज्य संघको अध्यक्षमा बिरबहादर चौधरी र देवेन्द्र पाण्डको उम्मेदवारी


पी सी एन
बर्दिया, २ असोज । उधोग बाणिज्य संघको मंगलबार बिहान हुने निर्वाचनमा २० पदमा ४०जनाले सोमवार उम्मेदवारी दर्ता गराएका छन् ।
अध्यक्ष पदमा निवर्तमान प्रथम उपाध्यक्ष बिरबहादुर चौधरी र निवर्तमान कोषाध्यक्ष देवेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । 
प्रथम उपाध्यक्षमा हिमालय त्रिपाठी र महेन्द्र कुमार श्रेष्ठ,द्धितीय उपाध्यक्ष्मा मनोजकुमार यादव र ईन्द्रकुमार श्रेष्ठ,तृतीय उपाध्यक्षमा अजितराज भण्डारी र मोबिन बहमद ईद्रिसी,महासचिवमा शिवहरी पौडेल र नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष मीनराज शर्मा ,सचिवमा पुष्कर सापकोटा र  ज्ञानप्रसाद बगाले,कोषाध्यक्षमा गंगा पोखरेल र पुर्णराज पौडेल र सहकोषाध्यक्षमा मोहित पौडेल र रुपेन्द्र के सीले उम्मेदवारी दर्ता गराएका छन् ।
१२ जना सदस्यका लागि २४जनाले उम्मेदवारी दर्ता गराएका छन्। सदस्यहरुमा दिनेशकुमार यादव,मनिष गुप्ता,संगिता महतारा,दुर्गाप्रसाद काफले,सन्तोषकुमार गुप्ता,गोर्कण रेग्मी,कृष्ण ढकाल,रामप्रकाश गूपता,सकिल अहमद सिद्धीकी ,टेकलाल चौधरी मिनबहादुर खत्री ,प्रदिपकुमार यादव,अबुल हसन हलुवाई,नरेशकुमार खत्री,घनश्याम लोध,सुरेश पौडेल,सुरेन्द्रप्रसाद बगाले ,केशवप्रसाद रिजाल,विकास राना,पन्चलाल नापित,गोविन्दप्रसाद रेग्मी ,कृष्णप्रसाद मैनाली,सरला के सी र पुरुषोतम सिग्देलले उम्मेदवारी दर्ता गराएका  छन् ।
गुलरिया उधोग बाणिज्य संघमा आबद्ध १२०९ जनाले मंगलबार नया कार्य समिति चयनका लागि मतदान गर्नेछन् ।


Comments