Skip to main content
स्थानीय तहमा भवन निर्माणका लागि थप ६ करोड दिने सचिव दिनेश थपलियाको भनाई
पी सी एन
बर्दिया,१९ भदौ । संघीय मामला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले अधिकांश स्थानीय तहलाई भवन अभाव रहेकाले स्थानीय विकास मन्त्रालयले सबै स्थानीय तहलाई भवन निर्माणका लागि थप ६ करोडका दरले बजेट व्यवस्था गर्ने बताएका छन् ।
पी सी एनसंगको कुराकानीमा सचिव थपलियाले स्थानीय तह नयाँ संरचना भएकाले भवन निर्माणका लागि बजेट आवश्यक परेकोले त्यसको व्यवस्था गर्न आफुहरु लागिपरको बताएका छन् ।मन्त्रालयले वडा कार्यालय निर्माणका लागि पनि हरेक वडालाई पनि थप १ करोड अनुदान दिने उनको भनाई छ ।
उनले थप बजेटबाट स्थानीय तहले भवन निर्माण र जग्गा खरिद गर्न सक्ने बताए । जनप्रतिनिधिका लागि सवारीसाधनको व्यवस्था गर्ने प्रक्रिया थाल्न कार्यदल गठन गरिएकोसमेत सचिव थपलियाले बताए । कार्यदलले एक हप्ताभित्र जनप्रतिनिधिलाई सवारीसाधन उपलब्ध गराउने कार्यविधि तयार पार्ने उनको भनाइ छ ।
सचिव थपलियाले सबै स्थानीय तहलाई एक–एकवटा डोजर व्यवस्था गर्न मन्त्रालयले प्रक्रिया अघि बढाएको बताए । डोजर उपलब्ध गराउनेबारे नीतिको मस्यौदा तयार भइरहेको उनले बताए । स्थानीय तहमा सडक सञ्जाल निर्माण र अन्य पूर्वाधार निर्माणमा प्रयोग गर्न डोजर दिने नीति बनाउन लागेको थपलियाकोे भनाइ छ ।
उनले प्रत्येक स्थानीय तहमा एकजनाका दरले आइटी इन्जिनियरसमेत खटाउने व्यवस्था मिलाउन लागिएको बताए । मुख्य सडकबाट स्थानीय तहको केन्द्रसम्म जोड्ने सडक स्तरोन्नति गर्न पूरक बजेट ल्याउने पनि थपलियाले पी सी एनलाई बताए ।
Comments
Post a Comment