जनप्रतिनिधिहरुलाई कानुनी सहायताबारे दुई दिने अभिमुखीकरण सम्पन्न


पी सी एन
बर्दिया,३१भदौ । न्यायमा पहुचका लागि कानुनी सहायता बिषयक दुई दिने अभिमुखीकरणका  कार्यक्रम शनिवार गुलरियामा सम्पन्न भएको छ ।
जिल्ला कानुनी सहायता समिति सामाजिक कानुनी सहायता केन्द्र गुलरियाको आयोजनामा भएको कार्यक्रममा जिल्लास्थित  स्थानीय तहका उपप्रमुख,वडा अध्यक्ष र वडा सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइले नागरिकता प्रदान गर्ने बिधि र प्रकृया बारे,जिल्ला न्याधिवक्ता देवराज भारतीले निशुल्क कानुनी सहायता प्राप्त गर्ने प्रावधान बारे ,  सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले नागरिकता सम्बन्धि ऐन र नियमावली बारे अभिमुखीकरण गराउनु भएको थियो ।
सोही अवसरमा स्थानीय विकास अधिकारी तेजराज शर्माले सामाजिक सुरक्षा भतmा र ब्यतिmगत घटना सम्बन्धमा ,महिला विकास अधिकारी गीरा कुमारी बस्नेतले महिला हिंसाबाट पीडितहरुलाई न्याय दिलाउने बारे,जिल्ला अदालताका श्रेस्तेदार हिरण्यप्रसाद भण्डारीले फैजदारी र देवानी काुनन बारे जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गराउनु भएको थियो । 
अभिमुखिकरण कार्यक्रममा  गुलरिया नगरपालिकाका उपप्रमुख सुशीला गिरी,ठाकुरबाबा नगरपालिकाका उपप्रमुख कृष्णकुश्मा थारु,मधुवन नगरपालिकाका उपप्रमुख शुभरानी थारु,बढैयाताल गाउपालिकाका उपाध्यक्ष दीपा गौतम लगायत २५जना जनप्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रम संयोजक लक्ष्मी नेपालले बताईन ।


Comments