पर्यटन प्रर्वद्धनमा विशेष ध्यान पर्यटन अध्यक्ष मोहन थारुको संचारमाध्यमहरुसंग आग्रह

पी सी एन
बर्दिया, ५ असोज । पर्यापर्यटन विकास मञ्च ठाकुरद्धाराका अध्यक्ष मोहन थारुले वन्यजन्तु , कृषि,जैविक बिविधता ,थारु र जनजातिहरुको कला संस्कृतिले धनि बर्दियाको पर्यटन प्रर्वद्धनमा विशेष ध्यान संचारकर्मी र संचार माध्यमहरुसंग आग्रह गरेका छन् ।
प्रेस क्लब अफ नेपाल (पी सी एन) संगको साक्षात्कारमा उनले प्राकृतिक तथा वन्यजन्तुको पर्यटनका दृष्टिले प्रशस्त संभावना बोेकेको बर्दियालाई चिनाउने र प्रोमोट हुने खालका लेख ,रचना ,समाचार पालैपालो आफनो मिडियामा प्रकाशन तथा प्रशासन गरि पर्यटन प्रर्वद्धनमा सहयोग गर्न आग्रह गरे ।
बर्दिया राष्ट्रिय निकुञ्ज, कृष्णसार, बढैयाताल,गेरुवा पुल,चिसापानी पुल,डल्ला होमस्टे,थारु संग्रहालय,ठाकुरबाबा मन्दिर,कोटही मन्दिर लगायतका पर्यटकीय स्थलहरु रहेको बर्दियामा सडक,पुल,बिजुलीबती,सुचना प्रविधिको विकास तथा विस्तार कार्य तीव्र गतिमा काम गर्न स्थानीय तथा केन्द्र सरकारलाई आग्रह गर्दे अध्यक्ष थारुले उचित भौतिक पुर्वाधार भएमा बर्दियामा थप पर्यटकहरु भित्रयाउन सकिने बताए ।
उनले भुरियाउ –गुलरिया,अम्बासा –ओराली,राजापुर बेलवा सडक पक्की नहुदा यात्रु तथा पर्यटकहरुले ठुलो सास्ती गोग्नु परेको बताउदै तत्काल ती सडकहरु पक्की गर्न स्थानीय तथा केन्द्र सरकारसंग अनुरोध गरे ।
विदेशी पर्यटकहरुको आर्कषक गन्तब्य बनेको ठाकुरद्धारामा स्वदेशी पर्यटक भित्रयाउन निकुञ्जले धेरै ठाउमा प्रवेशद्धार अर्थात नाका खोल्न जरुरी रहेको उनले बताए । 

Comments