नव निर्वाचित केन्द्रिय सदस्य सेजुवाललाई सम्मान



पी सी एनबांके, ७ असोज । नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्यमा नव निर्वाचित युवा पत्रकार कलेन्द्र सेजुवाललाई नेपालगंजमा एक कार्यक्रमका बीच प्रेस क्लव अफ नेपाल (पीसीएन) ले सम्मान गरेको छ। प्रेस क्लब अफ नेपालका केन्द्रिय अध्यक्ष यम घिमिरेले महासंघका केन्द्रिय सदस्य सेजुवाललाई दोसल्ला ओढाई र टिका लागाई सम्मान गरेका हुन ।सम्मान कार्यक्रममा प्रमुख अथितिको आसनबाट बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सेजुवालले स्थानीय सञ्चार माध्यमको प्रवद्र्धनका लागी र श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनको लागि सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।नेपाल पत्रकार महासंघको पहिलो बैठकबाटै स्थानीय संचार माध्यमको प्रर्वद्धनका लागि सम्बद्ध निकायको ध्यानाकर्षण गराईएको जानकारी गराउदै उनले स्थानिय सञ्चार माध्यमको वृद्धि र विकासका निम्ति स्थानीय विकास निर्माणका अन्य कार्यहरु सरह बजेटको ब्यवस्था गरि पारशदर्शी ढंगबाट कार्यन्वयन तहमा लैजान आवाश्यक रहेको बताए । उनल सञ्चार माध्यममा कार्यरत पत्रकारहरुलाई उहाँले आफनो दायित्व र कर्तव्य कहिले पनि नविर्सन सुझाव दिए ।
प्रेस क्लव अफ नेपाल (पीसीएन) का केन्द्रिय अध्यक्ष यमनाथ घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली कागेंस बाँकेका सभापति किरण कोइराला, नेकपा माओवादी केन्द्रका संयोजक आइपी खरेल, नेकपा एमालेका अध्यक्ष असोक कोइराला, राप्रपाका केन्द्रिय सदस्य ऋषि देवकोटा, जिल्ला प्रहरी कार्यालय बाँके प्रमुख प्रहरी उपरिक्षक (एसपी) टेक बहादुर तामाङ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दिया अध्यक्ष राजेन्द्र प्रसाद धिताल,नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैष्य, पत्रकार महासंघका निवर्तमान केन्द्रिय सदस्य झलक गैरे, बाके जिल्ला पुर्व अध्यक्ष निरज गौतम, नेपाल प्रेस युनियनका सहमहासचिव एंव महसंघका पुर्व केन्द्रिय सदस्य प्रेम केसी, नेपाल प्रेस युनियन बांकेका सचिव अर्जुन वली, महासंघका बाँके उपाध्यक्ष रुपा गहतराज, तराई मानव अधिकार रक्षक सञ्जाल (थर्ड एलान्स) का उपक्षेत्रिय संयोजक आलम खान, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष एंवम अधिवक्ता वसन्त गौतम, ठकुरी पत्रकार संघका अध्यक्ष करुणा शाह लगायतले आफनो धारणा राखेका थिए।
सो कार्यक्रममा दशै, तिहार, छड एवंम हिजरी संम्बत १४३९, क्रिसमस डे को अवसरमा शुभकामना दिदै स्थानिय सञ्चार माध्यामहरुको प्रवद्र्धनका लागी देखिएका विकृतीलाई न्युनिकरण गर्नुपर्नेमा अधिकांश वक्ताहरुले जोड दिएका थिए । न्यायलयले न्याय दिन नसकेकाहरुको न्यायका निम्ती कटिबद्धताका साथ सघाउ पु¥याउने सञ्चार माध्यामलाई अभाव, दवाव र प्रभावबाट मुक्त गराईनु पर्ने धारणा राखेका थिए । कार्यक्रममा यस क्षेत्रका विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको उल्लेख्य सहभागीता रहेको थियो । प्रेस क्लव अफ नेपाल (पीसीएन)ले विगत १६ वर्ष देखी सरकार र जनता विच पुलको काम गदै यस क्षेत्रको विकासमा सहयोग पुरयाउदै आएको  छ । 


Comments