पी सी एन
बर्दिया,१८ भदौ। बर्दियामा मानव बेचबिखनको घटनामा बृद्धि भएपछि मानव बेचबिखन नियन्त्रणमा प्रभावकारिता ल्याउन जिल्लाका आठवटै स्थानीय तहका प्रमुखहरुलाई मानव बेचबिखन नियन्त्रणका बारे अभिमुखीकरण गराईको छ । उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसारको अवस्था,नियन्त्रणमा भए गरेका प्रयास र बिधमान ऐन कानुनको बारेमा सदरमुकाम गुलरियामा बोलाएर अभिमुखिकरण गराईएको हो ।
मानव बेचबिखन तथा ओासारपसार नियन्त्रण जिल्ला समिति बर्दियाले सामाजिक कानुनी सहायता केन्द्रको सहयोगमा जिल्लाका आठवटै तहका प्रमुख उपप्रमुख ,अध्यक्ष उपाध्यक्ष र गुलरिया नगरपालिकाका वडा अध्यक्षहरुलाई अभिमुखीकरण गराएको हो ।
कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालयका सहायक जिल्ला न्याधिवक्ता गणेश जी शाहले जनप्रतिनिधिहरुलाई मानव बेचबिखन नियन्त्रण ऐन २०६४ र नियमावली २०६५को बारेमा अभिमुखीकरण गराउनु भएको थियो ।
अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख जिल्ला अधिकारी एंव मानव बेचबिखन बिरुद्धको जिल्ला समितिका अध्यक्ष नारायणप्रसाद भट्टराईले अबको गन्तब्यः मानव बेचबिखनको अन्त्य भन्ने मुलनाराका साथ यस बर्दियामा सप्ताहब्यापी कार्यक्रम गरेरर मानव बेचबिखन बिरुद्धको ११औं राष्ट्रिय दिवस बर्दियामा बिविध कार्यक्रम गरि मनाईने भएको बताउदै मानव बेचबिखन बिरुद्धको दिवसको प्रमुख दिन जिल्लाका आठवटै तहमा विशेष कार्यक्रमका साथ दिवस मनाउन जनप्रतिनिधिहरुलाई आग्रह गरे । प्रजिअ भट्टराईका अनुसार मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको जिल्ला समितिले भाद्र २० गते जिल्ला प्रशासन कार्यालयमा जम्मा भई प्रभातफेरि आयोजना गरि राधाकृष्णचोकमा सभा गर्ने निर्णय गरेको छ ।
महिला तथा बालबालिका कार्यालयका प्रमुख एंव समितिका सदस्य सचिव गीराकुमारी बस्नेतले गरिबी,बेरोजगारी अशिक्षा,आय आर्जनको अभाव र घरेलु हिंसाका शिकार लगायतका सामाजिक समस्या भोगिरहेका बर्दियाका महिला ,बालबालिका तथा युवतीहरु रोजगारीको नाममा बेचबेखिनमा परिरहेको बताउदै सामाजिक समस्या समाधानमा पर्याप्त मात्रमा बजेट बिनियोजन गर्न जनप्रतिनिधीहरुलाई आग्रह गरिन । मानवीय विकास सवेदनशील हो, मानवीय तथा सामाजिक विकासमा पर्याप्त मात्रमा बजेट छुटयाउनु परयो उनको भनाई थियो । प्रमुख बस्नेतका अनुसार बर्दियामा दलित महिला उत्थान केन्द्र, शक्ति समुह,ओरेक नेपाल र माईती नेपालले मानव बेचबिखन तथा ओसारसपसार बिरुद्ध सचेतना,उद्धार लगायतका कार्यक्रमहरु संचालन गरिरहेको छ ।
अभिमुखिकरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शंकरप्रसाद थारु, उपप्रमुख मानबहादुर बिष्ट,मधुवन नगरपालिकाका प्रमुख गणेश के. सी.,बार बर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारु,बढैया ताल गाउपालिकाका प्रमुख लालबहादुर श्रेष्ठ,गुलरिया नगरपालिकाका उपप्रमुख सुशीला गिरी, गेरुवा गाउपालिकाका उपाध्यक्ष हेमकुमारी थारु ,ठाकुरबाबा नगरपालिकाका उपप्रमुख कृष्णकुश्मा थारु,अधिवक्ता श्याम थापा,दलित महिला उत्थान केन्द्रकी अध्यक्ष बिमला बि क ,माईती नेपालका गायत्री नेपाल लगायतले आ आफनो धारणा राखेको सामाजिक कानुनी सहायता केन्द्रकी लक्ष्मी नेपालले जानकारी दिईन ।
Comments
Post a Comment