गुलरिया खानेपानी आयोजनाबाट बितरण गरिएको पानी शुद्ध र सुरक्षित


पी सी एन

बर्दिया,१० असोज। गुलरिया खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष कोषराज निरौलाले गुलरिया खानेपानी आयोजनाबाट बितरण गरिएको पानी मानव स्वास्थ्य अनुकुल र शुद्ध भएको बताएका छन्।
मंगलबार गुलरियामा पत्रकार सम्मेलन गर्दे अध्यक्ष निरौलाले क्लोरिन डोज मिसाउने प्रविधि जडान गरिएको,पानी निर्मलीकरण हुने प्रबन्ध मिलाईएको र समयसमयमा पानीको गुणस्तर परीक्षण गरिने  गुलरिया खानेपानी आयोजनाबाट बितरण हुने पानी थिग्रयाई या सामान्य फिल्टर प्रयोग गरि पिउन सकिने बताए । 
उनले समितिले बितरण गरेको पानीका कारणबाट बिरामी भएको प्रमाणित भएमा स्थानीय स्तरमा औषधोपचारका लागि नेपाल सरकार मार्फत प्रबन्ध मिलाईने समेत बताए ।
गुलरिया नगरपालिका वडा नं ४,५,६,७ र ८मा बसोबास गर्नेहरुलाई सुरक्षित पिउने पानी र पुर्ण सरसफाईको सेवा प्रदान गर्दे आएको खानेपानी उपभोक्ता समितिले हालको २२५ घनमीटर क्षमताको टंकीबाट बिहान  र बेलुका गुलरिया क्षेत्रका १हजार २सय २५ घरधुरीमा शुद्ध खानेपानी बितरण गर्दे आईरहेको भएपनि दैनिक ७ लाख ५०लिटर पानी खपत हुने गुलरियामा पानी अपुग भएपछि गुलरिया ६ मा जग्गा खरिद गरि थप ओभर हेड टंकी निर्माण गर्न लागेको अध्यक्ष निरौलाले बताए ।

Comments