मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समन्वयता र सहकार्यता जरुरी


पी सी  एन
बर्दिया,२०भदौ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सुचना प्रर्वद्धन र सचेतना प्रदान गरिरहेको स्वयमसेवी संस्था पी सी एन (प्रेस क्लब अफ नेपाल) ले  मानव बेचबिखनका घटना रोक्नका लागि व्यक्ति स्वयमको सजगता  र यसको नियन्त्रणमा कार्यरत सरकारी गैर सरकारी निकाय बीच अझ बढि समन्वयता र सहकार्यता जरुरी रहेको बताएको छ ।
मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको ११औं राष्ट्रिय दिवसको उपलक्ष्यमा मंगलबार एक सन्देश प्रकाशित गरि पी सी एन अध्यक्ष यम घिमिरेले मानव बेचबिखन नियन्त्रणका लागि बनेका मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ र नियमावली २०६५, वैदेशिक रोजगार सम्बन्धी ऐन ०६४ र निमावली २०६५, मानव बेचबिखन विशेषगरी महिला तथा बालबालिकाको बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय कार्ययोजना २०६८ र कार्यान्वयन योजना २०७१ लगायतका ऐन नियम साथै कानुनको प्रभावकारी कार्यान्वयन गरी यस्ता क्रियाकलापमा संलग्न हुनेलाई कानुनमा उल्लेखित कडाभन्दा कडा सजाय गरिनु पर्ने बताएको छ ।
मानव बेचबिखनविरुद्ध विभिन्न नीति, नियम, ऐन, कानुन एवं योजनाको तर्जुमा गरी कार्यान्वयनमा ल्याउँदा–ल्याउँदै पनि बेचबिखनका घटना कम हुन नसकिरहेकोमा चिन्ता ब्यक्त गर्दे पी सी एन ले मानव बेचबिखनको पुर्ण नियन्त्रणका लागि  एकीकृत तथ्याङ्क तथा सूचना प्रणालीको व्यवस्था, स्वदेशमै स्थानीय तहमा रोजगारीको उपलब्धता ,महिला ,युवा तथा पुरुषहरुलाई सीपमुलक तालिम र व्यावसायका लागि अनुदानको उपलब्धता , मानव बेच बिखन र गैरकानुनी ओसारपसार नियन्त्रणमा संलग्न निकायबीच प्रभावकारी समन्वय  र वडा तथा टोलहरुमा ब्यापक सचेतनाको पर्याप्त कार्यक्रमको उपलब्धता भएमा  बेचबिखन र गैर काुनी वैदेशिक रोजगारीको घटनामा कमी आउने विश्वास ब्यक्त गर्नुभएको छ ।
बेचबिखनका घटनाले पीडितलाई मात्र नभई बालबच्चा, घरपरिवार, समाज एवं राष्ट्र«का सम्पूर्ण मानव मस्तिष्कमा नै नकारात्मक असर पार्ने बताउदै पी सी एन अध्यक्ष घिमिरेले मानव बेचबिखन र गैरकानुनी ओसारपसार नियन्त्रणमा ब्यतिm,समुदाय,सरकार,राजनैतिक दल संघसंस्था,संचारमाध्यम सबै एक भई लाग्नुपर्ने बताउनु भएको छ ।
पी सी एन ले सरकारी र गैर सरकारी निकायको सहयोगमा मानव बेचबिखन र ओसारपसार नियन्त्रणमा प्रदेश नं ५ र ७ का  बिभिन्न जिल्लाहरुमा सचेतना,जिल्ला तथा गाउ स्तरीय समिति निर्माण र स्थानीय निकाय  अभिमुखीकरणमा महत्वपुर्ण भुमिका निर्वाह गर्दे आईरहेको छ । 
पी सी एन अध्यक्ष घिमिरेले व्यवस्थापिका संसद्बाट २०६३ भदौ २० गते अनुमोदन भएपछि सोही दिनको स्मरणमा २०६४ जेठ ११ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार नेपालमा प्रत्येक वर्ष भदौ २० गते मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवस मनाउने स्मरण गर्दे हरेक स्थानीय तहमा प्रभावकारी किसिमले दिवस मनाउन अनुरोध गर्दे स्थानीय तहमा समिति गठन गर्न पी सी एनले सहजीकरण गर्ने बताएको छ । 


Comments