नदी कटानबाट बच्ने भो गुलरिया , गुलरिया बचाउन बबई नदी व्यवस्थापन आयोजनाको कार्यालय स्थापना


पी सी एन

बर्दिया,९असोज । बर्षोदेखि नदी कटान,डुबान र पटानको समस्या झेल्दै आएका गुलरिया नगरक्षेत्रका बासिन्दाले अबदेखि सो समस्याबाट मुक्त हुने भएका छन् ।गुलरिया क्षेत्रबाट सासद निर्वाचित भएका नेपाल सरकारका सिचाईमन्त्री संजय गौतमको पहलमा बबई ,भादा र औरही नदी व्यवस्थापन आयोजनाको कार्यालय स्थापनासंगै बाढीबाट पीडित गुलरियाका बासिन्दाले सो समस्याबाट मुक्ती पाउने भएका हुन । उनका अनुसार आयोजना सम्पन्न गर्न जल उत्पन्न बिभागले  ५बर्षका लागि लाग्ने ३अर्ब ९२ करोड ईस्टिमेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाईसकेको छ ।   
सिचाई मन्त्रालय जल उत्पन्न प्रकोप व्यवस्थापन बिभागका महानिर्देशक मधुकरप्रसाद भण्डारीको उपस्थितिमा सोमवार गुलरिया नगरपालिका वडा नं ४मा रहेको जिल्ला सिचाई सब डिभिजन कार्यालयको परिसरमा  बबई ,भादा र औरही नदी व्यवस्थापन आयोजनाको कार्यालय स्थापना गरिएको हो । 
बबई नदीमा आउने बाढीबाट पीडितहरुका घर तथा उर्वर खेतीयोग्य जमिनहरुलाई कटान,डुबान र पटानबाट बचाउन पाचंबर्षे आयोजना  शुरु गरेका छौ ः निर्देशक राजण्डारीले बताए ।
जल उत्पन्न प्रकोप डिभीजन कार्यालय नेपालगंजका प्रमुख ध्रुवकुमार पौडेलले गुलरियामा स्थापना गरिएको बबई नदी व्यवस्थापन आयोजनाबाट  गुलरिया पण्डितपुरदेखि लटकनियासम्म गुलरिया तर्फ बबई नदीको २८ किलोमिटर क्षेत्रमा पक्की तटबन्ध र जीप हिडने पक्की सडक निर्माण हुने बताए । सिचाई मन्त्री संजयकुमार गौतमको पहलमा शुरु गरिएको सो आयाजनाको सफल कार्यान्वयमा सहयोग पुरयाउन सबैलाई आग्रह समेत गरे ।
वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले आयोजनाबाट हुने पक्की तटबन्धले बर्षेनी खेतीयोग्य जमिन कटानको समस्या भोग्दै आएका गुलरियाका किसानहरुलाई गुलरियामा बबई नदी व्यवस्थापन आयोजनाको कार्यालय स्थापना हुनु अत्यन्तै सुखद कुरा हुने बताए । 
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटराईले बर्षेनी बाढीबाट पीडित जनतालाई आयोजनाको कार्यालय स्थापनाले ठुलो सहयोग पुग्ने बताए ।

Comments