Skip to main content
बिरबहादुर चौधरीको टिमलाई जिताउन गुलरियाका मेयर,संघका पुर्व अध्यक्ष र वरिष्ठ पत्रकार लगायत सबैको अनुरोध
पी सी एनबर्दिया, १ असोज । गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव ,गुलरिया उधोग बाणिज्य संघका पुर्व अध्यक्ष रमेश गौतम, पुर्व अध्यक्ष राजेन्द्रप्रसाद कडेल, गुलरिया वडा नं५का वडा सदस्य एंव वरिष्ठ पत्रकार युवराज श्रेष्ठ,प्रेस क्लब अफ नेपालका अध्यक्ष यमनाथ घिमिरे लगायतले एक सन्देश प्रकाशित गरि गुलरिया उधोग बाणिज्य संघमा साझा समावेशी व्यावसायिक प्यानलबाट अध्यक्ष पदका उम्मेदवार घोषणा गरेका बिरबहादुर चौधरी (बिरु)लगायत उनको टिमका सम्पुर्ण सथाीहरुलाई जिताउन अनुरोध गरेका छन् ।बर्दियाका उधोगी व्यावसायीले भोग्दै आएका दुखकष्ठ एंव सास्तीपुर्ण व्यवहारहरु अन्त्य गर्न, मुर्तीहामा भन्सार नाका खुलाउन , बर्दिया जिल्ला र गुलरिया नगर क्षेत्रलाई व्यावसायीहरुका लागि सुरक्षित स्थलको रुपमा विकास गर्न चौधरीको टिमलाई जिताउनु पर्ने उनीहरुको तर्क छ । सन्देशमा गुलरिया उधेग बाणिज्य संघको अध्यक्षमा साझा समावेशी व्यावसायिक प्यानलबाट प्रथम उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हिमालय त्रिपाठी ,द्धितीय उपाध्यक्षमा मनोज यादव,तृतीय उपाध्यक्षमा अजीत राज भण्डारी ,महासचिवमा शिवहरी पौडेल,सचिवमा पुष्कर सापकोटा,कोषाध्यक्षमा गंगा पोखरेल र सह कोषाध्यक्षमा मोहित पौडेललाई जिताउन सम्पुर्ण उधोगी व्यावसायीहरुलाई अनुरोध गरिएको छ ।यस्तै सदस्यमा उम्मेदवारी दिएका कृष्ण ढकाल,दुर्गाप्रसाद काफले ,टेकलाल थारु,दिनेश यादव,सकिल अहमम सिद्धकी,संगीता महतारा,गोकर्ण रेग्मी,प्रदिप यादव,मिनबहादुर खत्री,मनिष गुप्ता ,सन्तोष कुमार गुप्ता,रामप्रकाश गुप्तााई पनि अत्याधिक मतले बिजय गराउन सबैमा अनुरोध गरिएको छ ।सन्देशमा ब्यावसायी र जिल्लावासीले चाहेको औधोगिक , व्यावसायिक र भौतिक पुर्वाधार विकासको वातावरण बनाउन, गुलरिया मुर्तीहा नाका यथाशीघ्र संचालनमा ल्याउन , ,हुलाकी राजमार्ग यथाशीघ्र निर्माण गर्न र भुरिगाउ हुदै सुर्खेत तेलपानी जोडने बाटो निर्माण गर्न पनि बिरबहादुर चौधरीको टिमलाई जिताउनु पर्ने बताईएको छ ।
Comments
Post a Comment