पी सी एन द्वारा नेपालगंजमा एकदिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न

कमला हमाल  पी सी एन
बांके, २० भदौ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र सुशासन, प्रकृति संरक्षण ,पर्यटन प्रर्वद्धन, स्थानीय विकास ,प्रेस स्वतन्त्रता ,मानव अधिकार प्रर्वद्धनमा कार्य  गरिरहेको स्वयमसेवी संस्था पी सी एन (प्रेस क्लब अफ नेपाल)  ले बांकेको नेपालगंजमा  मानव बेचबिखन अन्त्यमा  संचारमाध्यमको भुमिका बिषयक एकदिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 
मानव बेचबिखन तथा ओसार पसार बिरुद्धको ११ औ राष्ट्रिय दिवसको अवसरमा पी सी एन का जिल्ला अध्यक्ष साबित्री गिरीको अध्यक्षतामा भएको सो कार्यक्रमका सहभागीहरुले मानव बेचविखनको अन्त्यका लागि सबैको समन्वयात्मक भुमिकाको खाचोमा जोड दिएका थिए । 
कार्यक्रममा महिला तथा बालबालिका कार्यालय बांकेका प्रमुख सुनिता के. सी. ले मानव बेचविखनको जालो न्युनीकरण गर्न सवै सम्बद निकायको पहलकदमी आवश्यक रहेको बताईन । केसीले महिला बेचविखन न्यूनिकरणका लागि सरकारले प्रदान गरेका सेवा सुविधाका बारेमा सञ्चारमाध्यमले जनचेतना दिएर सहयोग गर्नुपर्ने बताईन । 
बाँकेका प्रहरी प्रमुख एसपी टेक बहादुर तामाङले अहिले मानवबेचविखनको जालो पनि अन्र्तराष्ट्रिय रुपमा फैलीएको र दलालहरुले पनि नयाँ नया तरिका प्रयोग गरि शिक्षित युवतीहरु समेतलाई पनि बेचविखनमा पार्ने गरेकोले सबैले यस बारेमा चासो दिनुपर्ने बताए। 
सो कार्यक्रममा अधिवक्ता बसन्त गौतमले  मानव बेचविखन तथा ओसार पसार विरुद्धको कानुन र कार्यन्वयनका विषयमा जानकारी गराएका थिए ।  
कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य जनक नेपाल ,बाके शाखा अध्यक्ष ठाकुरसिंह थारु, पुर्व अध्यक्ष निरज गौतम, पे्रस युनियन बाँकेका निर्वतमान अध्यक्ष नरेन्द्र थापा, प्रेस चौतारीका अध्यक्ष हेमन्त विक, प्रेस सेन्टरका अध्यक्ष डक्ट प्रसाद धिताल,फातिमा फाउन्डेशनकी कार्यबाहक अध्यक्ष मैमुना सिद्धिकी,माईती नेपाल नेपालगंजका गायत्री रिमाल लगायतले आ आफनो धारणा राखेका थिए ।  
प्रहरीका अनुसार मानव बेचबिखन तथा ओसारपसारको प्रमुख स्रोत, नाका र गन्तव्य  मानिने बाके जिल्लामा गत बर्ष मानव बेचविखन तथा ओसारपसारका १८ ओटा र चालु आर्थिक बर्षमा ३ वटा मुद्धा दर्ता भएका थिए । गत आर्थिक बर्षमा बाकेका बिभिन्न नाकाबाट २ सय ७ जनालाइ उद्घार गरीएको थियो भने यस बर्ष हालसम्म ३१ जनालाई उद्धार गरीएको छ । 


Comments