पी सी एन्
बर्दिया २० भदौ । अबको गन्तब्यः मानव बेचबिखनको अन्त्य भन्ने मुलनाराका साथ मंगलवार देशैभर मानव बेचबिखन बिरुद्धको ११औं राष्ट्रिय दिवस मनाईएको छ ।
महिला तथा बालबालिका कार्यालय,मानव बेचबिखन बिरुद्धको जिल्ला समिति, पी सी एन्,साथी,शक्ति समुह,दलित महिला उत्थान केन्द लगायतका संघ संस्थाहरुको आयोजनामा जिल्ला तथा स्थानीय तहमा विविध कार्यक्रम गरि दिवस मनाईएको हो ।
दिवसकै अवसर पारेर मानव बेचबिखन बिरुद्धको जिल्ला समितिले गुलरियामा बजारमा प्रभातफेरि निकालेको छ ।
मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको जिल्ला समितिको आवहानमा भएको प्रभातफेरिमा जिल्लास्थित सरकारी गैर सरकारी निकायका प्रतिनिधि ,महिला स्वयमसेवीकाहरुको सहभागिता थियो । जिल्ला प्रशासन कार्यालयमा परिसरबाट शुरु भएको प्रभातफेरि गुलरिया भन्सार रोड,जिल्ला निर्वाचन कार्यालय हुदै राधाकृष्णचोकमा कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दे जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकरप्रसाद थारु,प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई ,महिला तथा बालबालिका कार्यालयका प्रमुख गीराकुमारी बस्नेत लगायतले सम्बोधन गर्दे मानव बेचबिखनको दृष्टिले जोखिमपुर्ण मानिएको बर्दियामा सबै मिली मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध सचेतना ,रोकथाम र कानुनी कारवाही प्रभावकारी रुपले कमम गर्ने प्रतिबद्धता जनाए ।
नेपालमा प्रत्येक वर्ष भदौ २० गते मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवस मनाउने गरिन्छ । बेश्यावृत्तिका लागि हुने महिला तथा बालबालिका बेचबिखनविरुद्धको सार्क महासन्धि २००२ लाई तत्कालीन व्यवस्थापिका संसद्बाट २०६३ भदौ २० गते अनुमोदन भएपछि २०६४ जेठ ११ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार सोही दिनको स्मरणमा दिवस मनाउन सुरुवात गरिएको हो ।
Comments
Post a Comment