शिक्षा ऐन नवौं संशोधन खारेजीको मांग गर्दे ने वि संघ बर्दियाद्धारा बिद्यालयमा कालो झण्डा


पी सी एन

बर्दिया, ९ असोज । स्थायी शिक्षकका लागि सरकारले ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला प्रतियोगिताबाट शिक्षक पदपूर्ति गर्ने गरी शिक्षा ऐन नवौं संशोधनमा प्रावधान  राखेको बिरोधमा नेपाल  विद्यार्थी संघ क्षेत्र नम्बर २ ले  सरकारको संशोधित  नवौं शिक्षा ऐन फिर्ता लिन माग गर्दे क्षेत्र नम्बर २ का विद्यालयमा कालोझण्डा गाडेको छ ।
ने वि संघ क्षेत्र नम्बर २ का सभापति अमृत ढकालले नवौं संशोधनले अहिलेका अस्थायी शिक्षकलाई स्थायी बनाएर योग्य शिक्षक छनोट गर्न नसक्ने भई शिक्षाको गुणस्तर खस्कने र योग्य उम्मेदवारलाई पाखा लगाउने भएकाले ऐनमा उल्लेखित सो प्रावधान खारेज गर्न मांग राखि कालो बर्दिया क्षेत्र नम्बर २का बिद्यालयहरुमा कालो झण्डा गाडिएको बताए ।
 अयोग्य शिक्षकलाई सीधै स्थायी बनाउने प्रयास स्वरुप ल्याईएको सो ऐनको प्रावधानले लाखौँ बालबालिकाको शैक्षिक भविष्य अन्धकार हुने भएकाले आफुहरुलाई ऐन मान्य नहुने स्पष्ट पार्दे उनले धेरै अस्थायी शिक्षकलाई स्थायी बनाउने खालको सो ऐन  तत्काल फिर्ता लिएर योग्य उम्मेदवारलाई बढी प्राथमिकता दिनुपर्ने बताए ।


Comments