बर्दियामा विविध कार्यक्रम गरि संविधान दिवस मनाईने


पी सी एन

बर्दिया,३० भदौ । जिल्ला समन्यव समिति बर्दियाले विविध कार्यक्रम गरि संविधान दिवस २०७४को मनाउने भएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख शंकरप्रसाद थारुको अध्यक्षतामा शुक्रबार गुलरियामा बसेको बैठकले दिपावली,प्रभातफेरि,अन्तरकृया,फलफुुल बितरण र प्रभातफेरि लगायतका कार्यक्रम गरि दिवस मनाउने निर्णय गरेको हो ।
जिल्ला समन्वय समितिले असोज २देखि ४गतेसम्म प्रत्येक दिन साझ आफनो घर ,कार्यालय तथा सार्वजनिक स्थलमा दिपावली गर्न  जिल्लावासीहरुलाई अनुरोध गरेको छ ।
बैठकले जिल्लाका आठवटै स्थानीय तहका वडा तथा टोलमा बिभिन्न कार्यक्रम गरि संविधान दिवस मनाउन अनुरोध गरेको छ ।
बैठकले संविधान दिवसको मुख्य दिन अर्थात असोज ३गते गुलरियास्थित शहिद पार्कमा माल्र्यापण गर्ने,प्रभातफेरि गर्ने र जिल्ला समन्वय समतिको हलमा मञ्चको कार्यक्रम गर्ने निर्णय गर्दे सो कार्यक्रममा सरिक हुन जिल्लास्थित राजनैतिक दल,नागरिक संस्था,संचारकर्मी,शिक्षक,युवा बिद्यार्थी सबैलाई अनुरोध गरेको छ । 
संविधान दिवस मनाउने बिषयमा जिल्ला समन्वय समितिद्धारा आयोजित बैठकले लोकतन्त्र ल्याउन शहादत प्राप्त गर्नु हुने शहिदहरु र लोकतन्त्र ल्याउन बिशेष भुमिका खेल्नुहुने घाईते,अपांग,बेपतmाहरुप्रति हार्दिक नमन गरेको छ ।
बैठकले संविधान दिवसको सन्र्दभमा बिभिन्न चेतनामुलक कार्यक्रम,समाचार ,अन्तरसंवाद लगायतका कार्यक्रमहरु संचालन गरिदन जिल्लास्थित संचारमाध्यमहरुसंग आग्रह समेत गरेको नेपाल पत्रकार महासंघ बर्दियाका अध्या राजेन्द्रप्रसाद धितालले बताए ।
बैठकमा जिल्ला समन्वय समितिका उपप्रमुख मानबहादुर बिष्ट,प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटराई,नेपाली कांग्रेसका उपसभापति मिश्रीलाल यादव,ने क पा एमालेका अध्यक्ष हरि ज्ञवाली, फोरम लोकतान्त्रिकका गोविन्दप्रसाद थारु,स्थानीय विकास अधिकारी तेजराज शर्मा,नेपाल पत्रकार महासंघका अध्यक्ष राजेन्द्रप्रसाद धिताल,प्रेस क्लब अध्यक्ष यम घिमिरे लगायतको सहभागिता थियो ।


Comments